ओली र एमालेको तेस्रो धार सहमति नजिक : मंगलबार स्थायी समिति बैठक बोलाइयो
सोमबार, ०७ भदौ २०७८, १४ : २७
एमाले अध्यक्ष केपी शर्मा ओली र तेस्रो धारका नेताहरू सहमति नजिक पुगेका छन् । अध्यक्ष ओलीको निवासमा आज भएको छलफलमा यसअघि कार्यदलले तयार पारेको १० बुँदे सहमति कार्यान्वयनका लागि भोलि मंगलबार नै २०७५ जेठ २ को अवस्थाको एमालेको स्थायी समिति बैठक बोलाएर अघि बढ्ने सहमति भएको छ ।
ओलीसँगको छलफलपछि नेकपा एमालेका सचिव समेत रहेका गोकर्ण विष्टले १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै अघि बढ्न अध्यक्ष ओली र महासचिव ईश्वर पोखरेलले सहमति जनाएको बताए ।
‘भोलि बस्ने स्थायी समिति बैठकमार्फत कसरी अघि बढ्ने भन्ने रुपरेखा तयार गर्छ । आज भएको छलफलमा अध्यक्ष र महासचिव दुवैले १० बुँदेलाई कार्यान्वयन गरेर अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो’, विष्टले रातोपाटीसँग भने, ‘अहिले नै कुरा मिल्यो भनिहाल्न त मिल्दैन तर सकारात्मक वातावरण बनेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण