सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

सभापतिलाई क्रियाशीलको प्रतिवेदन बुझाउनुअघि पौडेल पक्ष जुट्यो छलफलमा

सोमबार, ०७ भदौ २०७८, १० : १२
सोमबार, ०७ भदौ २०७८

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरु छलफलमा जुटेका छन् ।  सोमबार विहान पौने ९ बजेबाट बत्तीसपुतलीस्थित अनुपम फुडल्याडमा पौडेल पक्षीय शीर्ष नेताबीच छलफल भइरहेको छ ।

१४ औं महाधिवेशनको तयारी र क्रियाशील सदस्यता विवादका विषयमा छलफल गर्न नेताहरु  बैठकमा बसेको स्रोतले रातोपाटीलाई जानकारी दियो । 

काँग्रेसमा बारा र सप्तरी, धनुषा–४ सर्लाही–२ लगायतको नयाँ क्रियाशील सदस्यता र अन्तर पार्टी समायोजनमा चर्को विवाद थियो । उक्त विवाद टुङ्ग्याउन काँग्रेसमा नीतिगत सहमति जुटेपनि व्यवहारिक पक्ष मिलाउन बाँकी छ ।

आइतबार नै विवाद टुङ्ग्याएर सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाउने भनिएको थियो । तर विवाद समाधानको जिम्मेवारी पाएका नेता कृष्णप्रसाद सिटौला, मिनेन्द्र रिजाल र रमेश लेखकले व्यवहारिक पक्ष मिलाउन सकेनन् ।

साउन ३० गतेको केन्द्रीय समिति बैठकले भदौ ३ गते नै सभापति देउवालाई प्रतिवेदन बुझाउने जिम्मेवारी दिए पनि ७ गतेसम्म काम हुन सकेको छैन ।

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा नेतात्रयले सभापति देउवासँग छलफल गरेका थिए । उनी आज १ बजे बैठक बसेर विवादको निकास खोजी आजै ५ बजे सभापतिलाई बुझाउने तयारीमा छन् । यसै सन्दर्भमा समूह धारण बनाउन पौडेल पक्ष बैठकमा बसको हो ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप