सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

वर्षौँ अघि बन्द भइसकेका दुई सरकारी उद्योगको प्रशासनिक खर्च ३४ करोड !

शनिबार, ०५ भदौ २०७८, १४ : ५८
शनिबार, ०५ भदौ २०७८

सरकारले वर्षौँ अघि नै बन्द भइसकेका दुई वटा उद्योगमा करोडौँ प्रशासनिक लगानी गरेको छ । महालेखा परीक्षक कार्यालयले सार्वजनिक गरेको ५८औँ प्रतिवेदनले बन्द भइसकेर शून्य प्रतिफल दिने उद्योगमा करोडौँ लगानी भएको देखाएको हो । 

सरकारले हाल सञ्चालनमा नरहेको र वर्षौँ पहिले बन्द भइसकेको नेपाल ओरियण्ट एन्ड म्याग्नेसाइट उद्योगमा ८० लाख प्रशासनिक लगानी गरेको छ । यसै गरी, बन्द भइसकेको अर्को सरकारी उद्योग गोरखकाली रबर उद्योगमा ३४ करोड रुपैयाँ लगानी गरेको पाइएको छ ।

यी दुई वटा उद्योगमा गरेर सरकारले ३४ करोड ८० लाख रुपैयाँ लगानी गरेको हो । यसरी शून्य प्रतिफल दिने उद्योगमा बिना योजना लगानी गर्दा सरकारको सञ्चित कोषमा व्ययभार परेको प्रतिवेदनमा उल्लेख छ ।

सामान्यतया सार्वजनिक संस्थानले आफ्नो प्रशासनिक खर्च आफ्नै आम्दानीबाट खर्च गर्न पर्ने हुन्छ ।  तर, वर्षौँ अघि बन्द भइसकेका यी दुई वटा उद्योगलाई भने सरकारले अहिलेसम्म बिना हिचकिचाहट ऋण लगानी पाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप