शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

भीआईपीका लागि १४ करोड १७ लाखको कार्पेट, पर्दा र भान्साका सामानहरू किनियो

शनिबार, ०५ भदौ २०७८, १४ : ४५
शनिबार, ०५ भदौ २०७८

विशिष्ट व्यक्तिहरूको मागअनुसार फर्निचर, भान्साका सामान, कार्पेट, पर्दा आदि सुविधाका सामान खरिदका लागि १४ करोड १७ लाख १७ हजार खर्च भएको छ । २०७७ साउनदेखि २०७८ असार मसान्तसम्म १ वर्षमा यो रकम खर्च भएको महालेखा परीक्षकको कार्यालयले तथ्याङ्क सार्वजनिक गरेको छ । 

महालेखाले शुक्रबार राष्ट्रपतिलाई बुझाएको ५८ औँ वार्षिक प्रतिवेदनमा अघिल्लो वर्ष सोही सामान खरिदका लागि ५ करोड ८७  लाख खर्च भएको उल्लेख गरेको छ । यो रकम सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले गरेको भन्दै विशिष्ट व्यक्तिले प्रयोग गरेका निवासमा विगतदेखिका सामानको बारेमा केही उल्लेख नगरी प्रत्येक वर्ष एकै प्रकृतिका सामान खरिद गरी उपलब्ध गराउँदै आएको उल्लेख छ । 

प्रतिवेदनमा भनिएको छ–‘मापदण्ड स्वीकृत नगरेका कारण सामानको गुणस्तर, परिमाण तथा खर्चमा एकरूपता हुन सकेको छैन । विशिष्ट व्यक्तिहरूको लागि आवश्यक पर्ने बजेट सम्बन्धित निकायमा नै विनियोजन गर्ने र सेवा सुविधासम्बन्धी मापदण्ड बनाई खर्च गर्नुपर्दछ ।’

प्रत्येक वर्ष एउटै प्रकृतिका सामग्री खरिद हुने भएकोले आर्थिक अनियमितताको आशङ्का गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप