महन्थको पार्टीको नाम फेरियो, शरतसिंह भण्डारी वरिष्ठ नेतामा बढुवा
शुक्रबार, ०४ भदौ २०७८, १४ : ४३
महन्थ ठाकुर नेतृत्वको पार्टीको नाम परिवर्तन भएको छ । निर्वाचन आयोगमा शुक्रबार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को नाममा दर्ताका लागि पुनः निवेदन दिइएको जसपाका नेता सुरेन्द्र झाले रातोपाटीलाई बताए ।
यसअघि महन्थ ठाकुर समूहले बुधबार जसपा लोकतान्त्रिकको नाममा पार्टी दर्ताका लागि निवेदन दिएको थियो । बिहीबार जसपाले आफ्नो पार्टीको मिल्दाजुल्दो नाम महन्थ ठाकुरलाई नदिन माग गर्दै आयोगमा निवेदन दिएको थियो । त्यसपछि शुक्रबार ठाकुर समूहले आयोगमा आग्रहमा नाम फेर्दै लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि पुनः निवेदन दिएको हो ।
नयाँ पार्टीमा ३१ जनाको कार्यकारिणी समिति सदस्य रहेका छन् भने एक जना वरिष्ठ नेता थपिएको छ । यसअघि राजेन्द्र महतोलाई मात्रै वरिष्ठ नेता बनाइएकोमा अध्यावधिक विवरणमा शरतसिंह भण्डारीको नाम पनि थप गरिएको झाले बताए ।
यो पनि..




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशको सिको गरेर नियम लाद्नुअघि सडक पूर्वाधार सुधार गरियोस्: अध्यक्ष सिटौला
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण


