महन्थ ठाकुर पक्षले पार्टीको नाम फेर्ने, नयाँ नाम जुराउँदै
जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) पार्टी दर्ताका लागि निवेदन दिएका महन्थ ठाकुर पक्षले पार्टीको नाम परिवर्तन गर्ने भएको छ ।
निर्वाचन आयोगमा दर्ता भइसकेको कुनै पार्टीको नामसँग अगाडि वा पछाडि अरु केही जोडेर अर्को पार्टी बनाउन नमिल्ने भन्दै निर्वाचन आयोगले प्रस्ट पारेपछि महन्थ पक्षले पार्टीको नयाँ नाम जुराउन छलफल थालेको छ ।
जसपाका कार्यकारिणी सदस्य जितेन्द्र सोनलले आफूहरु नयाँ नाम चयनका लागि बैठक बस्न लागेको र आजै नयाँ नाम पठाउने बताए । पार्टीको नाम के राख्ने भन्नेबारे छलफल गरेर टुङ्गो लाग्ने उनले बताए ।
महन्थ ठाकुर निकट स्रोतका अनुसार नयाँ पार्टीको नाम लोकतान्त्रिक समाजवादी पार्टी राख्ने तयारी भइरहेको छ । यद्यपि त्यसमा अहिलेसम्म सहमति बनिसकेको छैन । कतिपय नेताले राजपा वा तमलोपा राख्न पनि सुझाव दिएका छन् तर त्यसमा सहमति बन्ने सम्भावना निकै कम रहेको स्रोतको दाबी छ ।
कुनै न कुनै कारणले विगतमा ती दुवै पार्टी फेल भएका कारणले अब पुनः त्यही नामबाट पार्टी नचलाउने सोच अधिकांश नेताहरुको रहेको बताइन्छ । लगभग ‘लोकतान्त्रिक समाजवादी पार्टी नेपाल’मा सहमति हुने सम्भावना देखिएको स्रोत बताउँछ ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले निर्वाचन आयोगमा मिल्दा जुल्दा नामसँग मिल्ने गरी अगाडि वा पछाडि केही जोडेर अर्को नयाँ पार्टी दर्ता गराउन नमिल्ने भनेर यसअघि नै सूचना जारी भइसकेको बताए । तैपनि नयाँ पार्टीका लागि मिल्दोजुल्दो नाम आएको उनको भनाइ छ ।
आयोगले यसअघि नै सूचना जारी गरिसकेको भन्दै उनले नयाँ दल दर्ता गराउन आएका पक्षले आफै सच्याएर ल्याए दर्ता प्रक्रिया अघि बढाउने अन्यथा आयोगबाट सम्बन्धित पक्षलाई सूचना पठाउने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
