माधव नेपाल वा महन्थ ठाकुरको पार्टीमा लाग्न चाहने जनप्रतिनिधिले काठमाडौं आइरहनु नपर्ने
राजनीतिक दलसम्बन्धी अध्यादेशमा टेकेर निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी नियमावली संशोधन गरेको छ । संशोधित नियमावली विहीबार नै राजपत्रमा प्रकाशित भइसकेको छ ।
माधव नेपाल वा महन्थ ठाकुरको पार्टीमा लाग्न चाहने जनप्रतिनिधिले २१ दिनभित्र पार्टी प्रवेश गर्दा दल त्याग गरेको नमानिने अध्यादेशले भनेको थियो । निर्वाचन आयोगले अध्यादेशको यो व्यवस्थालाई अझ खुकुलो र सरल बनाइदिएको छ ।
संशोधित नियमावली अनुसार प्रदेशसभाका सांसदहरुले नयाँ दल रोज्ने क्रममा निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा आइराख्नुपर्दैन । उनीहरुले प्रदेश निर्वाचन कार्यालयमै सम्पर्क गरे हुने संशोधित नियमावलीमा उल्लेख छ ।
स्थानीय तहका जनप्रतिनिधिहरुले भने नयाँ दलमा लाग्न चाहेमा त्यसको सूचना सम्बन्धित जिल्ला निर्वाचन कार्यालयलाई २१ दिनभित्र उपलब्ध गराए पुग्ने भएको छ । २१ दिनभित्र नयाँ दल रोज्ने जनप्रतिनिधिहरूलाई दल त्याग गरेको नमानिने अध्यादेशले व्यवस्था गरेको छ ।
हेर्नुहोस् नियमावली:
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण