बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

माधव नेपालको लिष्टबाट हटेर पार्टीमा फर्किन नेताहरुलाई ओलीको आग्रह

बिहीबार, ०३ भदौ २०७८, १७ : ३८
बिहीबार, ०३ भदौ २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालको पक्षमा लागेका नेताहरुलाई एमालेमा फर्केर आउँन आग्रह गरेका छन् । बिहीबार एमाले जिल्ला पार्टी भक्तपुरले गरेको कार्यक्रममा बोल्दै उनले नेपाललाई छोडेर एमालेलाई बलियो बनाउन अनुरोध गरे । 

ओलीले भने– ‘निर्वाचन आयोगमा बुझाएको माधव नेपालको लिष्टमा रहेका साथीहरु पार्टीमा फर्केर आउनुस् । कोही ब्यक्तिको कुण्ठा र ईर्ष्याका लागि तपाई हामीले बनाएको पार्टी नछोड्नुस् ।’ उनले एमाले सबैले दुःख गरेर बनाएको पार्टी रहेको र फेरि पनि ठूलो पार्टीका रुपमा अघि बढ्ने बताए । उनले भ्रममा परेर नेता नेपालको लिष्टमा परेका नेताहरुलाई निसंकोच पार्टीमा फर्कन आग्रह गरे ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप