इतिहास रच्दै पहिलो महिला मुख्यमन्त्री बनिन् अष्टलक्ष्मी शाक्य

संघीयतामा प्रवेश गरेपछि पहिलो पटक महिलाले प्रदेश सरकारको नेतृत्व गर्ने अवसर प्राप्त भएको छ । बुधबार एमाले नेतृ अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएसँगै पहिलो महिला मुख्यमन्त्री बनेर इतिहास रचेकी हुन् ।
२०७४ सालमा सम्पन्न प्रदेशसभा निर्वाचनपछि संघीयता अन्तर्गत प्रदेश सरकारहरु गठन भए । तर सातै प्रदेशमा मुख्यमन्त्रीका रुपमा पुरुष नै चुनिए । यसबीचमा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सरकार फेरबदल हुँदासमेत महिलाले मुख्यमन्त्रीको जिम्मेवारी पाउन सकेनन् । यी दुवै प्रदेशमा हाल तेस्रो सरकार छ ।
गण्डकी प्रदेशका तत्कालीन मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ र लुम्बिनी प्रदेशका तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलले एक पटक राजीनामा दिइसकेर पनि पछि फेरि मुख्यमन्त्री नियुक्त हुन सफल भएका थिए । तर काँग्रेस, माओवादी केन्द्रसहितको गठबन्धनले दुवै प्रदेशमा एमाले नेतृत्वको सरकारलाई विस्थापित गरेर नयाँ सरकार गठन गरेका छन् ।
बागमती प्रदेशमा भने २०७४ को निर्वाचनपछि पहिलो पटक सरकारको नेतृत्व परिवर्तन भएको हो । बुधबार डोरमणि पौडेलले एमाले संसदीय दलको नेता र मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि एमालेकै नेतृ अष्टलक्ष्मी शाक्य एमालेको संसदीय दलको नेता चुनिँदै सोही आधारमा मुख्यमन्त्री नियुक्त भइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म ‘द्रौपदी’ लाई विशेष चलचित्र अवार्ड
-
सिनियर इन्स्पेक्टरविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी
-
६२० प्यालेस्टिनी कैदीहरूको रिहाइ नहुँदासम्म हमासले रोक्यो वार्ता
-
नेपाल बैङ्कले बोलायो साधारणसभा, तीन सञ्चालक निर्वाचन गर्ने एजेन्डा
-
सङ्घीयताबाट पछाडि हट्न सक्ने स्थिति छैन : सांसद चन्द
-
‘कोशी एक्सिलेन्स अवार्ड’ साहित्यकार घिमिरेलाई अर्पण