अष्टलक्ष्मी शाक्यको नेतृत्वमा तीन सदस्यीय मन्त्रिपरिषद गठन
बुधबार, ०२ भदौ २०७८, २२ : ४८
बागमती प्रदेशको नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले तीन सदस्यीय मन्त्रिपरिषद गठन गरेकी छन् । उनले कृष्ण खनाललाई सामाजिक विकास मन्त्री र केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुन र भौतिक पूर्वाधार मन्त्रीमा नियुक्त गरेकी हुन् । पाण्डेलाई दुईवटा मन्त्रालयको जिम्मेवारी दिइएको हो ।
प्रदेश सरकारका सात मन्त्रालयमध्ये बाँकी चार मन्त्रालय भने मुख्यमन्त्री शाक्यले तत्काल आफ्नै जिम्मेवारीमा राखेकी छन् । बुधबार नै डोरमणि पौडेलले राजीनामा दिएपछि नयाँ सरकार गठन प्रक्रिया थालिएको थियो । एमाले विभाजन भएसँगै बागमती प्रदेशमा विभाजनको असर कम गर्ने उद्देश्यले एमालेले सरकारको नेतृत्व परिवर्तन गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिमी वायुको प्रभाव कायमै, कस्तो रहला आजको मौसम ?
-
एचएमपीभी साधारण रुघाखोकी गराउने भाइरस हो, आत्तिनु पर्दैनः स्वास्थ्य मन्त्रालय
-
भोजपुरमा सडक मर्मत र निगरानी सहितका ‘सडक हेरालु’
-
बिहीबार आजको दिन कसलाई कति फलदायी ? हेर्नुहोस् राशिफल
-
विदेशी मुद्राको भाउ अचाक्ली वृद्धि, कसको मूल्य कति ?
-
प्रिमियर लिग लिडर लिभरपुलले पनि काराबाओ सेमिफाइनल पहिलो लेग मुमायो