शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

माधव नेपालको पार्टीमा झलनाथ खनाल वरिष्ठ नेता

बुधबार, ०२ भदौ २०७८, १७ : ००
बुधबार, ०२ भदौ २०७८

नेकपा एमालेबाट विभाजित भएर नेकपा एमाले समाजवादी पार्टी गठन गरेको माधव कुमार नेपाल पक्षको केन्द्रीय समिति ९५ सदस्यीय रहने भएको छ । सो पार्टीको अध्यक्ष माधव कुमार नेपाल र झलनाथ खनाल वरिष्ठ नेता रहेको नेता राजेन्द्र पाण्डेले जानकारी दिए । 

निर्वाचन आयोग परिसरमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले एमालेका ५८ केन्द्रीय सदस्य नयाँ पार्टीमा लागेको र राष्ट्रिय सभा तथा प्रतिनिधिसभामा ३१ सांसद पनि सँगै रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप