एमाले समाजवादीलाई ‘खुला किताब’ चुनाव चिन्ह दिए अदालत जाने चेतावनी
बुधबार, ०२ भदौ २०७८, १७ : ३२
उन्नत लोकतान्त्रिक पार्टीले निर्वाचन आयोगमा दर्ता हुन लागेको माधव कुमार नेतृत्वको एमाले समाजवादीलाई खुला किताब चुनाव चिन्ह दिए सर्वोच्च अदालत जाने चेतावनी दिएको छ । निर्वाचन आयोगमा ध्यानाकर्षण गराउन पुगेका सो पार्टीका केन्द्रीय सदस्य बोधराज न्यौपानेले आफ्नो दलको चुनाव चिन्ह छड्के परेको किताब रहेको बताउँदै आयोगलाई ध्यानाकर्षण गराउन लागेको बताए ।
उनले सामाजिक सञ्जालबाट एमालेबाट फुटेको पार्टीले खुला किताब चुनाव चिन्ह दर्ता गर्न खोजेको थाहा पाएर आयोगमा त्यसलाई रोक्न आएको उनले बताए । हाल दर्ता प्रक्रियामा रहेको र स्वागत नेपाल अध्यक्ष रहेको सो पार्टी दर्ता नंबर २ सय ५८ रहेको उनले बताए ।
आयोगले ध्यानाकर्षण नमानेर सो निर्वाचन चिन्ह एमाले समाजवादीलाई दिए भोलि नै सर्वोच्च अदालत जाने चेतावनी दिए ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक
-
पछिल्लो तीन महिनामा काठमाडौँ जिल्ला अदालतमा ९९ प्रतिशत म्याद तामेली
-
निर्माणाधीन पानी ट्याङ्कीभित्र मृत फेला परेका दुई जनाको पहिचान खुल्यो
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
