एमाले समाजवादीलाई ‘खुला किताब’ चुनाव चिन्ह दिए अदालत जाने चेतावनी
बुधबार, ०२ भदौ २०७८, १७ : ३२

उन्नत लोकतान्त्रिक पार्टीले निर्वाचन आयोगमा दर्ता हुन लागेको माधव कुमार नेतृत्वको एमाले समाजवादीलाई खुला किताब चुनाव चिन्ह दिए सर्वोच्च अदालत जाने चेतावनी दिएको छ । निर्वाचन आयोगमा ध्यानाकर्षण गराउन पुगेका सो पार्टीका केन्द्रीय सदस्य बोधराज न्यौपानेले आफ्नो दलको चुनाव चिन्ह छड्के परेको किताब रहेको बताउँदै आयोगलाई ध्यानाकर्षण गराउन लागेको बताए ।
उनले सामाजिक सञ्जालबाट एमालेबाट फुटेको पार्टीले खुला किताब चुनाव चिन्ह दर्ता गर्न खोजेको थाहा पाएर आयोगमा त्यसलाई रोक्न आएको उनले बताए । हाल दर्ता प्रक्रियामा रहेको र स्वागत नेपाल अध्यक्ष रहेको सो पार्टी दर्ता नंबर २ सय ५८ रहेको उनले बताए ।
आयोगले ध्यानाकर्षण नमानेर सो निर्वाचन चिन्ह एमाले समाजवादीलाई दिए भोलि नै सर्वोच्च अदालत जाने चेतावनी दिए ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्सामा तीन लाख ५१ हजार बढी मतदाताको नाम अद्यावधिक, महिलाको सहभागिता उल्लेख्य
-
आईपीएल : शीर्ष स्थानको गुजरातलाई हरायो लखनउले
-
१२ बजे, १२ समाचार : रवि र छविबारेको सुनुवाई हेर्दाहेर्दैमा देखि भिजिट भिसा प्रकरणले गृहमा हलचलसम्म
-
झापामा एक वर्षमा दश करोड बढीको भन्सार छलीका सामान बरामद
-
तिनाउ खोलामा डुबेर भारतीय नागरिक बेपत्ता
-
खोलाले बगाउँदा महिलाको मृत्यु