स्वागत नेपालका कारण माधव नेपाललाई निर्वाचन आयोगमा लफडा !

माधवकुमार नेपालले नयाँ दल दर्ता गर्नका लागि प्रस्ताव गरेको चुनाव चिन्ह यसअघि नै दर्ता भइसकेको पार्टीसँग मिलेपछि निर्वाचन आयोगमा लफडा भएको छ । नेकपा एमालेको नेपाल पक्षले नयाँ पार्टी दर्ता गर्नका लागि आयोगमा दिएको निवेदनमा खुला किताबलाई चुनाव चिन्हको रुपमा प्रस्ताव गरिएको छ ।
तर, सो चुनाव चिन्ह यसअघि नै अन्य पार्टीले लिइसकेको पाइएको हो । स्वागत नेपाल अध्यक्ष रहेको उन्नत लोकतान्त्रिक पार्टीको पनि सोही चुनाव चिन्ह रहेको खुलेको हो । माधव नेपाल पक्ष नयाँ दल दर्ताको लागि निवेदन दिन आयोग पुग्दा सो पार्टीबाट बोधराज न्यौपाने आयोग पुगेर आपत्ति जनाएका छन् । उनले भने, ‘माधव नेपालहरु हाम्रो पार्टीमा आउनुहुन्छ भने स्वागत छ तर अरुको पार्टीको चुनाव चिन्ह लिन पाइँदैन ।’
माधव पक्षले नयाँ पार्टीको नाम नेकपा एमाले (समाजवादी) राखिएको छ । नयाँ पार्टीमा नेता नेपाल नै संयोजक रहेका छन् । आजै राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश जारी गरेकी थिइन् ।
राष्ट्रपति कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ राष्ट्रपतिले जारी गरेको उल्लेख छ । सोही अध्यादेशको जगमा एमाले विभाजित बनेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातारात विकासको लहर चल्छ भन्ने सोच्नुभएको थियो, त्यो अनुसार गर्न सकिएन : प्रचण्ड
-
प्रतिगामी हर्कतका छिटपुट बाछिटा जहाँ देखापरे त्यहीँ अन्त्य गरिनुपर्छ : एमाले
-
प्रधानमन्त्रीलाई एक पशु चिकित्सकको चिठी
-
उदाहरणीय बन्दै सुरौदी तिखेढुङ्गामा खरबुजाखेती
-
अपडेट : ट्राफिकले सर्वसाधारणलाई कुटेको दोस्रो भिडियो एक वर्ष पुरानो
-
माइतीघरदेखि नयाँ बानेश्वरसम्म चिकित्सकको र्याली, तस्बिरहरू