स्वागत नेपालका कारण माधव नेपाललाई निर्वाचन आयोगमा लफडा !
माधवकुमार नेपालले नयाँ दल दर्ता गर्नका लागि प्रस्ताव गरेको चुनाव चिन्ह यसअघि नै दर्ता भइसकेको पार्टीसँग मिलेपछि निर्वाचन आयोगमा लफडा भएको छ । नेकपा एमालेको नेपाल पक्षले नयाँ पार्टी दर्ता गर्नका लागि आयोगमा दिएको निवेदनमा खुला किताबलाई चुनाव चिन्हको रुपमा प्रस्ताव गरिएको छ ।
तर, सो चुनाव चिन्ह यसअघि नै अन्य पार्टीले लिइसकेको पाइएको हो । स्वागत नेपाल अध्यक्ष रहेको उन्नत लोकतान्त्रिक पार्टीको पनि सोही चुनाव चिन्ह रहेको खुलेको हो । माधव नेपाल पक्ष नयाँ दल दर्ताको लागि निवेदन दिन आयोग पुग्दा सो पार्टीबाट बोधराज न्यौपाने आयोग पुगेर आपत्ति जनाएका छन् । उनले भने, ‘माधव नेपालहरु हाम्रो पार्टीमा आउनुहुन्छ भने स्वागत छ तर अरुको पार्टीको चुनाव चिन्ह लिन पाइँदैन ।’
माधव पक्षले नयाँ पार्टीको नाम नेकपा एमाले (समाजवादी) राखिएको छ । नयाँ पार्टीमा नेता नेपाल नै संयोजक रहेका छन् । आजै राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश जारी गरेकी थिइन् ।
राष्ट्रपति कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ राष्ट्रपतिले जारी गरेको उल्लेख छ । सोही अध्यादेशको जगमा एमाले विभाजित बनेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
