आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

अर्याल होटलमा माधव नेपाल पक्ष छलफलमा

बुधबार, ०२ भदौ २०७८, १४ : १९
बुधबार, ०२ भदौ २०७८

 एमाले अध्यक्ष केपी ओलीको कारवाही र नयाँ पार्टी गठनबारे अन्तिम छलफल गर्न बानेश्वरमा वरिष्ठ नेता माधव नेपालसहित उनी पक्षीय नेताहरु बानेश्वरस्थित एक होटलमा छलफलमा जुटेका छन् । उक्त छलफलमा नेता नेपालसहित कारवाहीमा परेका सवै सांसद र अन्य नेताहरु समेत सहभागी छन् ।

मध्यान्ह १२ बजेदेखि भेला भएका उनीहरु निर्वाचन आयोगमा नयाँ पार्टी दर्ताको तयारीका लागि छलफलमा जुटेका हुन् । नेपाल पक्षीय नेताहरु छलफलमै रहेका बेला राष्ट्रपतिबाट दल विभाजन अध्यादेश स्वीकृत भएको छ ।

तर, उक्त छलफलमा नेता नेपाल पक्षकै युवराज ज्ञवाली, भीम रावल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, रघुजी पन्त लगायतका नेताहरु भने सहभागी छैनन् ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप