राष्ट्रपति भण्डारीद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी
राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश जारी गरेकी छिन् । राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले राष्ट्रपतिले सरकारको सिफारिस अनुसार अध्यादेश प्रमाणीकरण गरेको रातोपाटीलाई जानकारी दिए ।
‘अध्यादेश जारी भइसकेको छ, अब यो राजपत्रमा छपाउन पठाइन्छ’, उनले भने।
राष्ट्रपति कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ राष्ट्रपतिले जारी गरेको उल्लेख छ ।
सरकारले अध्यादेश जारी गरेपछि त्यसको विरोध भएको थियो भने राष्ट्रपतिले विवादित अध्यादेश जारी गर्न नहुने आवाज समेत उठेको थियो । तर, राष्ट्रपति सरकारले सिफारिस गरेपछि प्रक्रियाअनुसार जानुपर्ने निष्कर्षका साथ अध्यादेश जारी गर्ने निर्णयमा पुगेकी थिइन् ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको थियो । अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सकिने व्यवस्था गरिएको छ ।
यसअघि राजनीतिक दलसम्बन्धी ऐनमा दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत संख्या अनिवार्य हुने उल्लेख थियो । यो ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या भए दल विभाजनले मान्यता पाउने व्यवस्था गरिएको छ ।
सरकारले ल्याएको यो अध्यादेशले माधव नेपाल पक्ष र जसपाको महन्थ ठाकुर पक्षलाई नयाँ पार्टी गठन गर्ने बाटो खुलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अफगानिस्तानले बनायो हालसम्मकै विशाल स्कोर, यूएईसामु ३६० रनको लक्ष्य
-
आन्दोलनमय राजधानी: अस्तव्यस्त सडक, मारमा जनता
-
सेनाको नक्कली पोसाक लगाई डर देखाएर जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ
-
राष्ट्रपतिद्वारा संघीय संसद्को अधिवेशन आह्वान
-
खाद्यवस्तुहरू परीक्षणको लागि भारतमै जानुपर्ने बाध्यात्मक परिस्थिति अन्त्य
-
दलहरुबीचको सहकार्यबाटै गणतन्त्रको रक्षा गर्न सकिन्छः बाबुराम