महन्थ ठाकुरद्वारा जसपा लोकतान्त्रिक दर्ताको तयारी

निर्वाचन आयोगको निर्णयपछि दलविहीन बनेका महन्थ ठाकुर नयाँ पार्टी गठनमा जुटेका छन् । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएसँगै राष्ट्रपतिले पनि जारी गरेपछि ठाकुर नयाँ पार्टी गठनमा जुटेका हुन् ।
महन्थ ठाकुर पक्षका एक नेताले भने, सबै डकुमेन्ट तयारी अवस्थामा छ, नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोग जाने तयारीमा छौँ ।’
पार्टीको नाम जनता समाजवादी पार्टी (जसपा) लोकतान्त्रिक रहने छ भने एकल अध्यक्ष प्रणालीमा पार्टी दर्ता हुने ती नेताले बताए ।
नेता शरतसिंंह भण्डारीलगायतका कतिपय नेताले पार्टीको नाम राष्ट्रिय जनता पार्टी नेपाल राख्नुपर्ने प्रस्ताव पछि अघि सारेका छन् । तर जसपा लोकतान्त्रिक पार्टी नै राख्ने निश्चित भएको ती नेताको भनाइ छ ।
ठाकुर पक्षमा रहेका राजेन्द्र महतोले दुई अध्यक्ष हुनुपर्ने आवाज समेत उठाएका छन् । महन्थ ठाकुर पक्षमा राजेन्द्र महतो कमजोर रहेकाले सो आवाज कमजोर बनेको नेताहरुको भनाइ छ ।
निर्वाचन आयोगले उपेन्द्र यादवलाई जसपाको आधिकारिकता दिएपछि महन्थ ठाकुर पक्षले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो । अदालतले पनि अन्तरिम आदेश जारी गरेको थिएन । मन्त्रीपरिषद्ले अध्यादेश ल्याएपछि महन्थ ठाकुर पक्ष उत्साहित हुँदै नयाँ पार्टी दर्ता गराउने तयारीमा लागेको हो । यद्यपी अध्यादेश विवादित बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छतमा सोलार राख्न ग्लोबल आइएमई बैंकले कर्जा दिने
-
बेगनासतालमा सशस्त्र प्रहरीले गर्यो कृत्रिम डुङ्गा दुर्घटना अभ्यास
-
दिनहुँको आन्दोलनले बैंक किस्ता तिर्न समस्या भयो : यातायात व्यवसायी
-
कुमारी केटी देखाएर ११ लाखमा केटालाई लोभ्याए, तीन बच्चाकी आमासँग विवाह गराइदिए
-
दाउन्नेमा सुख्खा पहिरो जाँदा सडक अवरुद्ध
-
९.९६ अङ्कले घट्याे नेप्से परिसूचक