आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

जसपा बैठकमा उपेन्द्रलाई हिजो छुट्टै सोफाको व्यवस्था, आज बाबुराम छुट्टै कुर्सीमा !

बुधबार, ०२ भदौ २०७८, १३ : ०२
बुधबार, ०२ भदौ २०७८

जनता समाजवादी पार्टी नेपाल (जसपा)को केन्द्रीय समिति बैठकमा मंगलबार सोफाको विषयलाई लिएर विवाद भयो । पार्टी अध्यक्ष उपेन्द्र यादवलाई छुट्टै सोफाको व्यवस्था गरिएपछि बाबुराम भट्टराई पक्षधर नेताहरुले बैठकमा होहल्ला नै गरेका थिए । मंगलबारको बैठकमा मञ्च सोफाले भरिएको थियो भने यादवको लागि ‘विशेष सोफा’को व्यवस्था गरिएको थियो । 

एक केन्द्रीय सदस्यका अनुसार यादवलाई आशनग्रहण गराउँदा विशेष सोफाको व्यवस्था गरिएको भन्दै संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई पक्षका नेता तथा कार्यकर्ताले त्यसमाथि आपत्ति जनाएका थिए । उनीहरुले त्यसरी आपत्ति जनाउँदा बैठकमा एकछिन होहल्ला नै भएको थियो । 

त्यसपछि बोल्ने क्रममा डा.भट्टराईले आफूहरु समानताका लागि लड्ने भएकाले यस्ता सानातिना कुरामा ध्यान दिन नहुने बताएका थिए । पार्टीमा कोही ठूलो र कोही सानो नभइ सबै समान हुने भन्दै उनले कुर्सी, सोफा राख्ने क्रममा व्यवस्थापनको कमजोरी भएको धारणा राखेका थिए ।

हिजोको लफडापछि आज बैठकस्थलमा सोफा हटाएर सबै नेताहरुलाई भुइँमै बस्ने मिलाइएको छ । तर, भट्टराई छुट्टै कुर्सीमा बसेका छन् । यस्तो किन भयो भन्ने जिज्ञासा बाबुराम निकट एक नेताले भने, ‘बाबुरामजी स्वास्थ्यका कारण छुट्टै कुर्सीमा बस्नु भएको हो, भूइँमा पलेँटी कसेर धेरै बेर बस्न सक्नु हुन्न । त्यही भएर छुट्टै बस्नुभएको हो ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप