स्थायी कमिटीमा ओलीको ब्रिफिङ : यिनीहरुलाई पहिल्यै कारवाही गर्नुपर्थ्यो
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षलाई कारवाही गर्न ढिलो भएको बताएका छन् । उनीहरुमाथि अस्ति नै कारवाही गर्नुपर्नेमा केही नेताहरुले मिलौँ भनेका कारण कारवाहीमा ढिलाइ भएको ओलीको भनाइ छ ।
मंगलबार ललितपुरमा बसेको एमाले स्थायी कमिटीको बैठकलाई सम्वोधन गर्दै अध्यक्ष ओलीले भने, ‘यिनीहरुलाई कारवाही पहिल्यै गर्नुपर्ने थियो । यिनीहरु कारवाहीका लायक नै हुन् ।’
यसअघि माधव नेपाल लगायतका नेताहरुले एमालेले पटक–पटक स्पष्टीकरण सोधेर पनि अहिलेसम्म कारवाही गरेको छैन । २४ घण्टे स्पष्टीकरण सोधेकै बेला कार्यदलका सदस्यहरुले वार्ता चलिरहेको भन्दै कारवाहीमा जानबाट रोकेका थिए । तर, आफूले पहिल्यै कारवाही गर्न चाहे पनि कार्यदलका नेताहरुको कुरा सुनेर कारवाही नगरेको ओलीले मंगलबारको बैठकमा बताएका हुन् ।
यसअघिको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओली आफैंले ‘एम्नेष्टी इज ग्रान्टेड’ भन्दै आममाफी दिने घोषणा गरेका थिए ।
मंगलबार बसेको स्थायी कमिटीको बैठकमा माधव नेपाल पक्षलाई कारवाही गर्ने प्रस्ताव आएको एक स्थायी कमिटी सदस्यले बताए । ती नेताले रातोपाटीसँग भने ‘आजको बैठकमा कारवाहीको औपचारिक प्रस्ताव आएन, संसदीय दलले के गर्छ, थाहा भएन ।’
सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको थाहा पाउनासाथ एमालेले मंगलबार नै स्थायी कमिटीको बैठक र त्यसलगत्तै संसदीय दलको बैठक बोलाएको हो ।
यसैबीच, मंगलबार नै एमाले नेताहरुले निर्वाचन आयोगमा पुगेर केन्द्रीय कमिटीको नामावली अद्यावधिक गरेका छन् ।
सरकारले पार्टी विभाजनका लागि केन्द्रीय कमिटीमा ४० प्रतिशतको साटो २० प्रतिशत भए पुग्ने गरी अध्यादेश ल्याएसँगै एमालेले केन्द्रीय कमिटीको संख्या थपेर आयोगमा अद्यावधिक गराएको हो । एमालेले केन्द्रीय कमिटीको संख्या २६० बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौंमा ‘नेपाल-भारत’ रङ्ग महोत्सव, कुन-कुन नाटक भइरहेछन् प्रस्तुत ?
-
गाजाबाट प्यालेस्टाइनीलाई लखेटेर अधिग्रहण गर्ने ट्रम्पको प्रस्ताव सहयोगी राष्ट्रहरुले गरे रिजेक्ट
-
जब बेलायती राजकुमारले भक्तपुरमा काठमा बुट्टा कुँदे...
-
बूढानिलकण्ठलाई युनेस्को विश्वसम्पदा सूचीमा पार्न पहल
-
तोकिएको मितिमा अधिवेशन गर्न अध्यक्ष थापाको निर्देशन
-
गोरखामा दुई वटा चितुवा मृत फेला