एमालेलाई कमजोर पार्न संसद छलियो– ओली, सभामुखले झुक्याए– नेम्वाङ
नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले आफूहरुलाई सभामुख अग्निप्रसाद सापकोटाले झुक्याएको बताएका छन् ।
मंगलबार बसेको एमाले स्थायी कमिटीको बैठकमा एमाले नेता नेम्वाङले सभामुख सापकोटासँग भएको एउटा भेटबारे ब्रिफिङ गरे ।
‘हामीले सभामुखलाई भेटेर अफगानिस्तानमा रहेका नेपालीको चाँडो उद्धार गर्न सरकारलाई ध्यानाकर्षण गराउन भनेका थियौं’ नेम्वाङले बैठकमा सुनाए, ‘उहाँले भोलि सरकारको प्रतिनिधिलाई संसदमा उपस्थित गराउँछु भन्नुभयो, तर गोजीमा संसद अधिवेशन अन्त्यको सूचना बोकेर बस्नुभएको रहेछ, हामीलाई झुक्याउनुभयो ।’
ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको भवनमा बसेको एमाले स्थायी कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सरकारबाट भएको संसद अधिवेशन अन्त्यको विरोध गरेका थिए ।
एमालेले संसदमा दह्रो आवाज उठाउन थालेपछि सरकारले संसदलाई छल्नका लागि अधिवेशन अन्त्य गरेको ओलीको विश्लेषण थियो । ‘सडक, संसद र सबैतिरबाट देशी विदेशी शक्तिहरुले एमालेलाई सिध्याउन खोजिरहेका छन्,’ बैठकमा अध्यक्ष ओलीको भनाइ उधृत गर्दै एमालेका एक स्थायी कमिटी सदस्यले रातोपाटीसँग भने, ‘संसदलाई छलेर एमालेलाई कमजोर बनाउन खोजिएको हो, यसको प्रतिवाद गर्नुपर्छ ।’
उता सभामुखको सचिवालयले भने संसद अधिवेशन अन्त्य गर्ने सूचना सुवास नेम्वाङसँगको भेटपछि मात्रै प्राप्त भएको स्पष्टीकरण दिएको छ । सचिवालय स्रोतले रातोपाटीसँग भन्यो,‘संसदको बैठकको अन्तिमतिर मात्रै पत्र आइपुगेको हो, गोजीमा बोकेर नेम्वाङसँग छलफल गरिएको होइन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण