ओली पक्षले बढायो एमाले केन्द्रीय सदस्यको संख्या
मङ्गलबार, ०१ भदौ २०७८, १५ : ५९

राजनीतिक दल विभाजन सम्बन्धी खुकुलो प्रावधान राखेर अध्यादेश जारी गर्ने सरकारको निर्णय लगत्तै नेकपा एमालेले केन्द्रीय कमिटी सदस्यको संख्या बढाएको छ ।
मंगलबार पार्टी निर्णयको आधिकारिक माइन्युट भन्दै एमाले केपी ओली पक्षले केन्द्रीय सदस्यहरुको नाम थपेर आयोगलाई विवरण दिएको हो ।
अग्नि खरेल र बाबुराम दाहालसहितको टोली मंगलबार निर्वाचन आयोग पुगेर केन्द्रीय कमिटीको विवरण अद्यावधिक गर्न लिखित आग्रह गरेको निर्वाचन आयोग स्रोतले जनाएको छ ।
यसअघि २०७५ जेठ २ अघिको २०३ सदस्यीय केन्द्रीय कमिटी सदस्य रहेको एमालेमा मंगलबार थप नाम थपेर २६० सदस्य रहेको विवरण आयोगमा पठाएको हो । एमालेले नेकपा एकीकरणसँगै थपिएका सदस्यसहित २६० सदस्यीय केन्द्रीय कमिटी बनाएको बुझिएको छ ।
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले निकट विद्यार्थी संगठनद्वारा सुर्खेत बहुमुखी क्याम्पसमा तोडफोड, निर्वाचन स्थगित
-
ललितपुर महानगर र रसियाको उलान उदे सहरबीच भगिनीसम्बन्ध कायम
-
आरआर क्याम्पसमा एमाले र समाजवादीबिच चुनावी तालमेल
-
स्ववियु निर्वाचन : विद्यार्थीहरू किन उत्रिए तोडफोडमा ?
-
काठमाडौँमा हावाहुरीसहित वर्षा
-
प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबिच टेलिफोन–संवाद : विपिन जोशीको रिहाइका लागि आग्रह