ओली पक्षले बढायो एमाले केन्द्रीय सदस्यको संख्या
मङ्गलबार, ०१ भदौ २०७८, १५ : ५९
राजनीतिक दल विभाजन सम्बन्धी खुकुलो प्रावधान राखेर अध्यादेश जारी गर्ने सरकारको निर्णय लगत्तै नेकपा एमालेले केन्द्रीय कमिटी सदस्यको संख्या बढाएको छ ।
मंगलबार पार्टी निर्णयको आधिकारिक माइन्युट भन्दै एमाले केपी ओली पक्षले केन्द्रीय सदस्यहरुको नाम थपेर आयोगलाई विवरण दिएको हो ।
अग्नि खरेल र बाबुराम दाहालसहितको टोली मंगलबार निर्वाचन आयोग पुगेर केन्द्रीय कमिटीको विवरण अद्यावधिक गर्न लिखित आग्रह गरेको निर्वाचन आयोग स्रोतले जनाएको छ ।
यसअघि २०७५ जेठ २ अघिको २०३ सदस्यीय केन्द्रीय कमिटी सदस्य रहेको एमालेमा मंगलबार थप नाम थपेर २६० सदस्य रहेको विवरण आयोगमा पठाएको हो । एमालेले नेकपा एकीकरणसँगै थपिएका सदस्यसहित २६० सदस्यीय केन्द्रीय कमिटी बनाएको बुझिएको छ ।
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण