अफगानिस्तानबाट नेपाली काठमाडौं उत्रिँदा विमानस्थलमा जे देखियो, तस्बिरमा हेर्नुहोस्
मङ्गलबार, ०१ भदौ २०७८, १२ : २५

मंगलबार अफगानिस्तानबाट ११८ नेपाली स्वदेश फर्किएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार मंगलबार जजिरा एयरको चार्टर्ड विमान मार्फत ११८ जना नेपाली कतारको दोहाबाट कुवेत हुँदै काठमाडौं आइपुगेका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अफगानिस्तानबाट नेपाली आइपुगेको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख (एसएसपी) राजेशनाथ बास्तोलाले रातोपाटीलाई बताए । अफगानिस्तानबाट साउन २२ पछि नेपाली आउने क्रम जारी छ ।
थप समाचार
साउन २२ देखि ३२ गतेसम्म व्यक्तिगत प्रयासबाट १६४ जना अफगानिस्तानबाट काठमाडौं फर्किएको त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले जनाएको छ ।
अफगानिस्तानबाट फर्किएका नेपालीलाई नेपाली सेनाले सामाखुसी स्थित राधास्वामी सत्संगको क्वारेन्टिनमा लगेको छ ।
अफगानिस्तानबाट नेपालीहरु स्वदेश फर्किँदा विमानस्थलमा देखिएका तस्बिरः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वानदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिससम्म
-
मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ