अफगानिस्तानबाट साउन २२ देखि हालसम्म २८२ नेपाली काठमाडौं उत्रिए
विद्रोही तालिबान समूहले अफगानिस्तान नियन्त्रणमा लिएपछि त्यहाँ रहेका नेपाली स्वदेश फर्किइरहेका छन् । मंगलबार जजिरा एयरको चार्टर्ड विमान मार्फत ११८ जना नेपाली कतारको दोहाबाट कुवेत हुँदै काठमाडौं आइपुगेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ११८ जना नेपाली आइपुगेको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख (एसएसपी) राजेश नाथ बास्तोलाले रातोपाटीलाई बताए । यसैगरी ९ जना भारतीय पनि साेही विमानमा आएका छन् ।
अफगानिस्तानबाट साउन २२ पछि नेपाली आउने क्रम जारी छ । साउन २२ देखि ३२ गतेसम्म व्यक्तिगत प्रयासबाट १६४ जना अफगानिस्तानबाट काठमाडौं फर्किएको त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले जनाएको छ । आज आएकासहित यो बीचमा स्वदेश फर्कने नेपालीहरुको संख्या २ सय ८२ पुगेको छ ।
Arrival of Nepali nationals from Afghanistan has started. 118 of them have arrived at Kathmandu airport by a Chartered aircraft via Kuwait this morning. @PaudyalBR @sewa_lamsal
— MOFA of Nepal 🇳🇵 (@MofaNepal) August 17, 2021
‘साउन २२ देखि ३२ सम्ममा अफगानिस्तानबाट १६४ जना नेपाली काठमाडौं आएका छन्’ विमानस्थलका प्रमुख अध्यागमन अधिकृत सुशिल वैद्यले रातोपाटीसँग भने–‘आज जजिराको चार्टर्ड विमानबाट नेपालीहरु काठमाडौं आउनुभएको छ ।’
अफगानिस्तानबाट फर्किएका नेपालीलाई नेपाली सेनाले सामाखुसीस्थित राधास्वामी सत्संगको क्वारेन्टिनमा लगेको छ । तालिवानले अफगानिस्तान कब्जामा लिएपछि राष्ट्रपति असरफ गनीले देश छाडेका छन् । विभिन्न देशहरुले आफ्ना नागरिक त्यहाँबाट उद्दार गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण