बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

जसपाको केन्द्रीय समिति बैठक बस्दै

मङ्गलबार, ०१ भदौ २०७८, १० : ४६
मङ्गलबार, ०१ भदौ २०७८

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यसमिति बैठक मंगलबार राजधानीमा बस्दैछ ।

पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षले पाएपछि पहिलोपटक केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो । बैठकमा सरकारमा सहभागिता, भागवण्डा, मन्त्री चयन लगायतका विषयमा छलफल हुने बताइएको छ । 

डिल्लीबजार, कालिकास्थानस्थित एउटा पार्टी प्यालेसमा बिहान ११ बजे जसपा नेपालको पहिलो केन्द्रीय कार्यसमिति बैठक बस्ने सो पार्टीका केन्द्रीय कार्यकारिणी समितिका सदस्य मनिष सुमनले रातोपाटीलाई जानकारी दिए ।

पहिलो बैठक भएकाले जनपरिचालन, अभिमुखीकरण लगायतका विषयमा छलफल हुने उनले बताए ।

महन्थ ठाकुर पक्षले आधिकारिकता गुमाएसँगै जसपामा ५१५ केन्द्रीय सदस्य कायम गरिएका छन् । महन्थ ठाकुर र राजेन्द्र महतो भने जसपाको साधारण सदस्यमा मात्र सीमित छन् । पार्टीले उनीहरुलाई केन्द्रीय समितिबाट हटाएको हो ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप