अध्यादेश माग गर्दै महन्थ ठाकुर बालुवाटारमा, उपेन्द्र यादव पक्ष झस्कियो
जनता समाजवादी पार्टी (जसपा) का नेता महन्थ ठाकुर दल विभाजन गर्ने अध्यादेश ल्याउन माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् । मंगलबार बिहानै ठाकुर आफ्ना पक्षका नेता शरतसिंह भण्डारीसहित चार नेतालाई लिएर प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका हुन् ।
प्रधानमन्त्रीसँगको भेटमा नेता ठाकुरले चाँडोभन्दा चाडो दल विभाजनसम्बन्धी अध्यादेश ल्याइदिन आग्रह गरेका थिए । ‘महन्थ ठाकुरसहितका नेताहरु बालुवाटार आउनुभएको थियो । खासगरी उहाँहरुले जसपाको आधिकारिकता नपाएपछि अप्ठेरोमा परेको भन्दै सहजीकरण गरिदिन प्रधानमन्त्रीसँग आग्रह गर्नुभयो,’ स्रोतले रातोपाटीसँग भन्यो ।
सरकारले सोमवार रातिदेखि संघीय संसदको अधिवेशन अन्त्य गरेसँगै दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको चर्चा छ । तर, सत्ता गठबन्धनमै रहेको उपेन्द्र यादव नेतृत्वको जसपाले भने त्यस्तो अध्यादेश ल्याउँदा आफ्नो पार्टीलाई असर गर्ने भन्दै आपत्ति जनाएको बुझिएको छ ।
यहीबेला बालुवाटार पुगेर ठाकुर पक्षले दल विभाजन सम्बन्धी अध्यादेश माग गरेपछि उपेन्द्र यादव पक्ष थप झस्किन पुगेको छ । आज बस्ने जसपा केन्द्रीय समिति बैठकमा यसबारे छलफल हुने एक नेताले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण