अध्यादेश माग गर्दै महन्थ ठाकुर बालुवाटारमा, उपेन्द्र यादव पक्ष झस्कियो

जनता समाजवादी पार्टी (जसपा) का नेता महन्थ ठाकुर दल विभाजन गर्ने अध्यादेश ल्याउन माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् । मंगलबार बिहानै ठाकुर आफ्ना पक्षका नेता शरतसिंह भण्डारीसहित चार नेतालाई लिएर प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका हुन् ।
प्रधानमन्त्रीसँगको भेटमा नेता ठाकुरले चाँडोभन्दा चाडो दल विभाजनसम्बन्धी अध्यादेश ल्याइदिन आग्रह गरेका थिए । ‘महन्थ ठाकुरसहितका नेताहरु बालुवाटार आउनुभएको थियो । खासगरी उहाँहरुले जसपाको आधिकारिकता नपाएपछि अप्ठेरोमा परेको भन्दै सहजीकरण गरिदिन प्रधानमन्त्रीसँग आग्रह गर्नुभयो,’ स्रोतले रातोपाटीसँग भन्यो ।
सरकारले सोमवार रातिदेखि संघीय संसदको अधिवेशन अन्त्य गरेसँगै दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको चर्चा छ । तर, सत्ता गठबन्धनमै रहेको उपेन्द्र यादव नेतृत्वको जसपाले भने त्यस्तो अध्यादेश ल्याउँदा आफ्नो पार्टीलाई असर गर्ने भन्दै आपत्ति जनाएको बुझिएको छ ।
यहीबेला बालुवाटार पुगेर ठाकुर पक्षले दल विभाजन सम्बन्धी अध्यादेश माग गरेपछि उपेन्द्र यादव पक्ष थप झस्किन पुगेको छ । आज बस्ने जसपा केन्द्रीय समिति बैठकमा यसबारे छलफल हुने एक नेताले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम विश्वविद्यालयका क्याम्पसहरूमा स्ववियु निर्वाचन, केन्द्रीय क्याम्पसमा भने तालाबन्दी
-
नारायणगढ–बुटवल सडक विस्तार : दाउन्ने खण्ड दैनिक चार घण्टा बन्द
-
अछामको बान्नीगढी जयगढमा भीषण आगलागी, सात करोड बराबरको क्षति
-
गणतन्त्रविरुद्ध प्रतिक्रान्तिको दुष्प्रयत्न : दोषी को ?
-
सहकारीका सदस्यको स्वस्ति शान्ति गराउन बागलुङमा लगाइयो पुराण
-
‘असन्तुष्टि सम्बोधन नभए दलहरूभित्रै विद्रोह हुन सक्छ’