आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

अफगानी महिला भन्छन्, ‘हाम्रो सपना टुट्यो’

सोमबार, ३२ साउन २०७८, ११ : २१
सोमबार, ३२ साउन २०७८

अफगानीस्तानको विद्रोही समूह तालिवानले सत्ता कब्जा गरेपछि अफगानी महिलाहरु चिन्तित भएका छन् । 

सन् २००१ मा अमेरिकाको नेतृत्वमा अफगानिस्तानमाथि भएको हमलापछि तालिवानलाई सत्ताबाट हटाइएको थियो । तालिवानको सत्ता हटेपछि अफगानी महिलाहरुले स्वतन्त्रको अनुभुति गर्न पाएका थिए । 

पुनः तालिवाले सत्ता कब्जा गरेपछि बल्ख प्रान्तकी जेब हनीफा (नाम परिवर्तन गरिएको) ले अफगानी महिलाहरुको सपना टुटेको बताएकी छन् । उनले सन् २०१३ मा कलेजको पढाई सकिन् । पढाइ पूरा गरेर पिआर कन्सल्टेन्ट र लेखिकाको रुपमा काम गर्न सुरु गरिन् । उनले पहिलो पटक नोकरी गर्दा नयाँ पखेँटा पलाएजस्तै भएको अनुभव सुनाउँछिन् । 

उनले जागिर गरेर जोगाएको पैसाले एक्लै विदेशको यात्रा गरेको बीबीसीलाई सुनाइन् । आफूले एक्दै विदेशको यात्रा गरेकी हनीफाले आफ्नो ठाउँ छोडेर कहीँ नगएकी आमालाई विदेश लैजाने योजनामा भएको बताइन् । 

उनले नोकरी गर्ने क्रममा धेरै ज्ञान बटुलेको र नयाँ नयाँ कुराको अनुभव गर्ने अवसर पाएको पनि उल्लेख गरिन् । 

उनी भन्छिन्, ‘मलाई लाग्थ्यो मेरी आमा मसँगै आफ्ना सपनाहरु बुन्दै बाँचिरहेकी थिइन् । तर उनी बारम्बार केही गडबढ नहोस् भन्दै प्रार्थना गर्थिन् । फेरि केही गडबढ भएर फेरि संघर्षपूर्ण जीवन बिताउनु पो पर्छ कि भनेर उनी अत्यधिक डराउँथिन् । आज थाहा पाउँदैछु उनको जीवन कस्तो रह्यो होला ?’

कोरोना महामारीका कारण हनीफाले आमालाई विदेश लैजान सकिनन् । महामारी नसकिँदै फेरि कठोर विद्रोही समूहले देशको शासनसत्ता कब्जा गरेपछि हनीफा अब आफ्नी आमालाई घुमाउन पाउँछु कि पाउँदिन भन्ने दोधारमा परेकी छन् । 

उनी भन्छिन्, ‘म त टुटेँ । मलाई थाहा छैन अब भविष्यमा काम गर्न पाउँछु कि पाउँदिन । अब फेरि आफ्नो खुशीले कुनै पनि काम गर्न सक्छु कि सक्दिन । मजस्तै कति महिलाहरु होलान् जसको सपना फेरि चकनाचुर हुँदैछ । उज्वल भविष्यको हाम्रो सपना चुरचुर भयो ।’

अफगानिस्ताका महिलाको अवस्थाबारे युएन चिन्तित
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेशले तालिवान र अन्य समूहलाई आफ्ना देशका नागरिकको ज्यान बचाउन अपिल गरेका छन् ।

संयुक्त राष्ट्रसंघका प्रवक्ताले ट्विट गर्दै अबका दिनहरुमा अफगानिस्तानका महिलाहरुको अधिकारको लागि युएन चिन्तित भएको बताएका छन् । उनले युएनले अफगानिस्तानमा शान्ति चाहेको बताए । 

एन्टोनियो गुटरेशले एक ट्टिव गर्दै भनेका छन्, ‘अफगानिस्तानमा जारी संघर्ष र मानवाधिकारको गम्भीर उल्लंघनको समाचारका कारण त्यहाँबाट हराजौं मानिसहरु पलायन हुने भएका छन् । त्यहाँ वर्षौंपछि महिला र युवतीहरुले पाएको मानवअधिकार बचाउन जरुरी छ ।’
 

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप