बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

तालिबानका कुन नेताले सम्हाल्लान् अफगानिस्तानको सत्ता ?

सोमबार, ३२ साउन २०७८, १० : २३
सोमबार, ३२ साउन २०७८

अफगानिस्तानको विद्रोही समूह तालिवानले देशका सबै प्रमुख शहरहरु र राजधानी काबुलसमेत कब्जामा लिएको छ । राष्ट्रपति अशरफ घानी र उपराष्ट्रपति अमीरुल्लाह सालेहले देश छाडिसकेका छन् । पुरानो सत्ता ढलेसँगै अब अफगानिस्तानको सत्ता कुन तालिवानी नेताले सम्हाल्लान् त ?

तालिवानको नेतृत्व गर्दै आएका मुल्ला अब्दुल घानी बरादर र हिब्तुल्लाह अखुदजादा मध्ये एकले सत्ता सम्हाल्न सक्ने बीबीसीले जनाएको छ ।

को हुन् मुल्ला अब्दुल घानी बरादर ?

मुल्ला सन् १९९४ मा तालिवान समूहको गठन गर्ने चार जनामध्ये एक नेता हुन् । उनीसहित अन्य तीन जना मिलेर तालिवान समूहको गठन गरेका थिए । सन् २००१ मा अमेरिकाको नेतृत्वमा अफगानिस्तानमाथि भएको हमलापछि तालिवानलाई सत्ताबाट हराएपछि उनी नेटो सैन्य बलको विरुद्ध विद्रोहको प्रमुख बनेका थिए ।

पछि सन् २०१० को फेब्रअरीमा अमेरिका र पाकिस्तानले गरेको संयुक्त अभियानमा उनी पाकिस्तानको कराँची शहरबाट पक्राउ परेका थिए ।

सन् २०१२ सम्म मुल्लाका बारेका खासै चर्चा थिएन । अफगानिस्तानी सरकारलाई शान्ति वार्ताका लागि बन्दीहरुको रिहाईको माग गरिएको समयमा मुल्लाको नाम सबैभन्दा अगाडि आउने गथ्र्यो ।

सन् २०१३ को सेप्टेम्बरमा पाकिस्तानी सरकारले उनलाई रिहा गरिदिएको थियो । तर, त्यसपछि उनी पाकिस्तानमै रहे वा अन्यत्र गए भन्ने विषय भने अस्पष्ट थियो ।

मुल्ला बरादर तालिवानी नेता मुल्ला मोहम्मद उमरका सबैभन्दा नजिकका थिए । उनीमाथि मुल्ला मोहम्मद उमरको भरोसा थियो ।

मुल्ला मोहम्मदर उमर पक्राउ परेपछि मुल्ला बरादर तालिवानको दोस्रो सबैभन्दा ठूला नेता थिए । अफगानी प्रशासनका वरिष्ठ अधिकारीहरुले मुल्ला बरादरले शान्ति वार्ताका लागि तालिवानी नेताहरुलाई सहमत गराउन सक्छन् भन्ने विश्वास लिएका थिए ।

सन् २०१८ मा कतारमा अमेरिकासँग वार्ता गर्नका लागि तालिवानको कार्यालय खुलेपछि उनलाई तालिवानको राजनीतिक दलको प्रमुख बनाइयो । मुल्ला बरादर अमेरिकासँग वार्तासँग वार्ता गर्न सकारात्मक रहँदै आएका छन् ।

सन् १९९४ मा तालिवानको गठन गरेपछि उनले कमाण्डर र रणनीतिकारको भूमिका निर्वाह गरेका थिए । उनी मुल्ला उमरको नेतृत्वकालमा तालिवानका लागि फण्ड जुटाउने र नियमित कार्यक्रमका प्रमुख थिए । उनले अफगानिस्तानको सबै युद्धहरुमा तालिवानका तर्फबाट अहम भूमिकामा रहँदै आएका छन् । पछिल्लो समय उनी काबुल क्षेत्रमा सक्रिय थिए ।

तालिवानलाई सत्ताबाट हटाएपछि उनी तालिवान विद्रोही संगठनको प्रतिनिधि रक्षा मन्त्री थिए । उनलाई गिरफ्तार गरेको समयमा अफगानिस्तानका एक अधिकारीले बीबीसीलाई भनेका थिए, ‘उनकी पत्नी मुल्ला उमरकी बहिनी हुन् । तालिवानको सबै हिसाब–किताब उनी नै राख्ने गर्छन् । उनी अफगानी फोर्सको विरुद्ध सबैभन्दा खुङखार हमलाको नेतृत्व गर्थे ।’

तालिवानका अन्य नेताहरुलाई जस्तै मुल्ला बरादरलाई पनि संयुक्त राष्ट्र संघले प्रतिबन्ध लगाएको थियो । उनीमाथि विदेश यात्रा गर्न र हतियार खरिद गर्न प्रतिबन्ध थियो ।

सन् २०१० मा पक्राउ पर्नुभन्दा पहिले उनले सार्वजनिक बयान दिएका थिए । उनले सन् २००९ मा इमेलमार्फत न्यूजवीक पत्रिकालाई जवाफ पनि दिएका थिए ।

अफगानिस्तानमा भएको अमेरिकाको उपस्थितिमाथि पनि उनले प्रतिक्रिया जनाएका थिए । उनले अमेरिकाले धेरैभन्दा धेरै नोक्सान पुर्याउन चाहेको समेत उल्लेख गरेका थिए ।

उनले आफ्नो जमिनमा दुश्मनको अन्त्य नभएसम्म जिहाद (मुश्लिम धर्मअनुसार दुष्टहरुको विनाशका लागि धार्मिक युद्ध) चलिरहने बताएका थिए ।

इन्टरपोलका अनुसार मुल्ला बरादरको जन्म उरुजगान प्रान्तको देहरावुड जिल्ला वीटमाक गाउँमा सन् १९६८ मा भएको थियो । उनको सम्बन्ध दुराणी आदिवासी समुदायसँग भएको अनुमान गरिन्थ्यो । पूर्वराष्ट्रपति हामिद करजई पनि दुराणी थिए ।

हिब्तुल्लाह अखुदजादा

हिब्तुल्लाह अखुदजादा अफगानिस्तानको तालिवानका नेता हुन् । इस्लाम धर्मका विद्वान उनी कन्दाहारसँग सम्बन्ध राख्छन् । उनले तालिवानलाई दिशानिर्देश गरेको र वर्तमान अवस्थासम्म ल्याएको विश्वास गरिन्छ । काबुलपछिको सबैभन्दा ठूलो शहर कन्दाहारमा तालिवान समूहको पकड बनाउन उनको ठूलो हात  छ ।

सन् १९८० को दशकमा उनले सोभियत संघको विरुद्ध अफगानिस्तानको विद्रोहमा कमाण्डरको भूमिका निर्वाह गरेका थिए । तर, उनको परिचय सैन्य कमाण्डरभन्दा धार्मिक विद्वानको रुपमा दिइन्छ । उनी अफगानिस्तानको तालिवान समूहको शीर्षनेता बन्नुअघि धर्मसँग जोडिएका तालिवानका सबै आदेशहरु दिने गर्थे । 

उनले हत्यारा, अवैध सम्बन्ध राख्ने व्यक्ति, चोरी गर्ने आदिको हात काटेर सजायँ दिनुपर्ने आदेश दिएका थिए । हिब्तुल्लाह तालिवानका पूर्वप्रमुख अख्तर मोहम्मद मन्सुरका प्रतिनिधि पात्र थिए ।

मन्सुरको सन् २०१६ को अमेरिकी ड्रोन हमलामा मृत्यु भयो । मन्सुरले हिब्तुल्लाहलाई आफ्नो हकदार घोषित गरेका थिए ।

पाकिस्तानको क्वेटामा हिब्तुल्लाहको भेट तालिवानी शीर्षनेताहरुसँग भएको थियो । उक्त भेटमा उनलाई तालिवानी नेताहरुले तालिवानको प्रमुख बनाएका थिए । समाचार एजेन्सी एएफपीका अनुसार विरासतको पत्र उनलाई नियुक्तिको वैधानिकता दिनका लागि थियो । यद्यपि, उनको चयन सर्वसम्मत भएको फैसला भनिएको थियो ।

करिब आठ वर्ष हिब्तुल्लाहले अफगानिस्तानमा बिताए । उनको क्वेटामा शुरा समूहसँग पनि नजिकको सम्बन्ध रह्यो । हिब्तुल्लाहको नाम मायने हो । उनी नुरजाई कबीलेसँग सम्बन्ध राख्छन् ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप