तालिबानले भन्यो, ‘हाम्रा लडाकू काबुलको बाहिरी इलाकामा छन्, अहिल्यै शहर भित्र जाँदैनन्’
तालिबानले एक आधिकारिक बयान पोस्ट गर्दै तालिबानका नेता अफगान सरकारसँग कुराकानी गरिरहेको जानकारी दिएको छ ।
बीबीसी संवाददाता यल्दा हाकिमले सोसल मिडियामा तालिबानको आधिकारिक बयान पोस्ट गरेका छन् ।
तालिबानले आफ्नो पोस्टमा भनेको छ, ‘हाम्रा लडाकू शहरको बाहिरी इलाकामा छन् तर अहिल्यै शहर भित्र जानेछैनन् । हाल वर्तमान सरकारसँग सत्ता हस्तान्तरण र सुरक्षाको विषयमा हाम्रो कुराकानी चलिरहेको छ । ’
यता अफगान राष्ट्रपतिको ट्वीटर ह्यान्डलबाट एउटा सन्देश पोस्ट गरिएको छ जसमा नागरिकलाई राजधानीमा स्थिति नियन्त्रणमा भएको विश्वास दिलाइएको छ ।
Official Taliban statement on situation in Kabul: Taliban has not entered Kabul, they will be on the outskirts but will not enter the city. There are ongoing discussions about the transition of power and security of Kabul is in the hands of the other side (meaning current govt pic.twitter.com/6fn4QKIXsS
— Yalda Hakim (@BBCYaldaHakim) August 15, 2021
पोस्टमा भनिएको छ, ‘काबुलमा गोलीबारीका छिटपुट घटना भएका छन् तर काबुलमा हमला भएको छैन । शहरलाई सुरक्षित राख्नका लागि सुरक्षाबल र सेना अन्तरराष्ट्रिय सहयोगीसँग मिलेर काम गरिरहेका छन् र स्थिति हाल नियन्त्रणमा छ ।’
समाचार एजेन्सी एपीका अनुसार तालिबानले आफूले शक्तिको प्रयोग गरेर काबुलमाथि नियन्त्रण गर्न नचाहेको बताएको छ ।
आइतबार जारी एक बयानमा तालिबानले आफ्ना लडाकू अब काबुल शहरको बाहिरी इलाकासम्म पुगेको बताएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे
-
राजधानीमा विप्लव नेतृत्वको नेकपाको र्याली, तस्बिरमा हेर्नुहोस्
-
काभ्रेमा बाढी पहिरोले करिब १३ हजार रुख क्षति
-
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको घर अगाडि शंकास्पद वस्तु, सेनाको डिस्पोजल टोली घटनास्थलमा
-
विधानसभा निर्वाचन : महाराष्ट्रमा भाजपाले खाता खोल्यो
-
नवलपरासी जिल्ला प्रहरी कार्यालयभित्र पुस्तकालय