अफगानिस्तान : राजधानी काबुल पुगे तालिबानका लडाकू
तालिबानका लडाकू राजधानी काबुलमा प्रवेश गरिरहेका छन् । समाचार एजेन्सी एफपीले काबुलमा बस्ने केही मानिसहरुलाई उद्धृत गर्दै यसबारे जानकारी दिएको छ ।
एक दिन अघि मात्रै तालिबानले देशको पूर्वमा रहेको अहम शहर जलालाबादमाथि कुनै संघर्ष बिना नै कब्जा गरेको थियो । यो शहर काबुलभन्दा केही घण्टा मात्रै टाढा छ ।
समाचार एजेन्सी एपीका अनुसार तालिबानले आफूले शक्तिको प्रयोग नगरीकनै काबुलमाथि नियन्त्रण गर्न चाहेको बताएको छ ।
#BREAKING Taliban capture Jalalabad: residents; Kabul only major Afghan city in govt control pic.twitter.com/MN2wmYr62M
— AFP News Agency (@AFP) August 15, 2021
आइतबार जारी एक बयानमा तालिबानले उसका लडाकू अब काबुल शहरको बाहिरी इलाकासम्म पुगिरहेको बताएको थियो ।
तालिबानले आफ्नो लडाकूलाई राजधानीमा हिंसाबाट बच्न र त्यहाँबाट जान चाहनेहरुलाई शान्तिपूर्वक जान दिन भनेको छ ।
#BREAKING Taliban fighters enter Afghan capital Kabul: residents pic.twitter.com/zU4xt7uzTe
— AFP News Agency (@AFP) August 15, 2021
बीबीसी संवाददाता यल्दा हाकिमले राजधानीमा तालिबानले कुनै प्रकारको संघर्षको सामना गर्नु नपरेको जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण