माओवादी बैठक : एमसीसीबारे स्पष्ट पार्न प्रचण्डमाथि दबाब
माओवादी अध्यक्ष प्रचण्डले शनिबार प्रस्तुत गरेको राजनीतिक र संगठनात्मक प्रस्तावमा अमेरिकी सहयोग मिलेनियम (च्यालेञ्ज कर्पोरेसन) एमसीसीबारे स्पष्ट नभएको भन्दै यसबारे स्पष्ट पार्न नेताहरूले माग गरेका छन् ।
विभिन्न प्रदेशबाट समूहगत छलफलमा सहभागी नेताहरूले एमसीसीबारे पार्टीको धारणा स्पष्ट रूपमा दस्तावेजमा आउनुपर्ने माग गरे । केही नेताहरूले एमसीसी सम्झौता राष्ट्रघाती भएको समेत बताए । बैठकमा बोल्ने नेताहरूले भने,‘ एमसीसीबारे व्याख्या गरेर आउनुपर्‍यो ।
शनिबारको बैठकमा प्रचण्डले एमसीसीबारे पार्टीको पोजिसन दस्तावेजमा स्पष्ट पारिएको बताएका थिए । प्रचण्डले प्रस्तुत गरेको दस्तावेजमा एक वाक्यमा एमसीसीबारे भनिएको थियो ‘एमसीसी लिपुलेक, कालापानी र लिम्पियाधुराको प्रश्नलाई पार्टीको घोषित नीतिअनुसार कूटनीतिक संवादका माध्यमबाट हल गर्न प्रयत्न गरिनेछ ।’
प्रचण्डको प्रतिवेदनमाथि छलफलमा भाग लिँदै केन्द्रीय नेताहरूले एमसीसीबारे थप व्याख्या हुनुपर्ने माग गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
