‘दसैँमा सम्मेलन गर्ने प्रचण्डको प्रस्ताव त्रुटिपूर्ण’

माओवादी अध्यक्ष प्रचण्डले शनिबार केन्द्रीय समितिको बैठकमा पार्टीको विभिन्न तहका अधिवेशनहरूको मिति प्रस्ताव गरे । तर, प्रचण्डले यसरी कार्यसूची बनाउँदा दसैँ पर्वलाई चटक्कै बिर्सिए । प्रचण्डले बनाएको क्यालेन्डरमा त्रुटि देखिएपछि आइतबारको बैठकमा बोल्ने नेताहरूले दसैँलाई ख्याल गर्दै कार्यसूची सच्याउन माग गरेका छन् ।
यस वर्षको विजयादशमी असोज २९ गते परेको छ । जबकि प्रचण्डले टीकाको भोलिपल्टै अर्थात् असोज ३० गते ७५६ वटै स्थानीय तहमा गाउँ–नगर अधिवेशन गर्ने प्रस्ताव गरेका छन् ।
आइतबारको बैठकमा बोल्ने क्रममा गण्डकी प्रदेशका नेता हितराज पाण्डेले गाउँ नगर सम्मेलनको मिति दसैँपछि सार्न माग गरे । त्यसै गरी सुदूरपश्चिमका टोली नेताले पनि दसैँका बेला अधिवेशन उपयुक्त नभएकाले मिति सच्याउन माग गरे ।
प्रचण्डले प्रस्ताव गरेको गाउँ नगर अधिवेशनको दिन दसैँ परेका कारण यसलाई पछाडि सार्न आइतबारको बैठकमा बोल्ने नेताहरूले माग गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म