‘दसैँमा सम्मेलन गर्ने प्रचण्डको प्रस्ताव त्रुटिपूर्ण’
माओवादी अध्यक्ष प्रचण्डले शनिबार केन्द्रीय समितिको बैठकमा पार्टीको विभिन्न तहका अधिवेशनहरूको मिति प्रस्ताव गरे । तर, प्रचण्डले यसरी कार्यसूची बनाउँदा दसैँ पर्वलाई चटक्कै बिर्सिए । प्रचण्डले बनाएको क्यालेन्डरमा त्रुटि देखिएपछि आइतबारको बैठकमा बोल्ने नेताहरूले दसैँलाई ख्याल गर्दै कार्यसूची सच्याउन माग गरेका छन् ।
यस वर्षको विजयादशमी असोज २९ गते परेको छ । जबकि प्रचण्डले टीकाको भोलिपल्टै अर्थात् असोज ३० गते ७५६ वटै स्थानीय तहमा गाउँ–नगर अधिवेशन गर्ने प्रस्ताव गरेका छन् ।
आइतबारको बैठकमा बोल्ने क्रममा गण्डकी प्रदेशका नेता हितराज पाण्डेले गाउँ नगर सम्मेलनको मिति दसैँपछि सार्न माग गरे । त्यसै गरी सुदूरपश्चिमका टोली नेताले पनि दसैँका बेला अधिवेशन उपयुक्त नभएकाले मिति सच्याउन माग गरे ।
प्रचण्डले प्रस्ताव गरेको गाउँ नगर अधिवेशनको दिन दसैँ परेका कारण यसलाई पछाडि सार्न आइतबारको बैठकमा बोल्ने नेताहरूले माग गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हानि तथा क्षतिका विषयमा संवेदनशील ढङ्गले समाचार सम्प्रेषण गर्नुपर्नेमा जाेड
-
कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब, तस्बिरहरू
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
