गण्डकीमा आलोपालो मुख्यमन्त्री पाउनुपर्ने माओवादीको माग

गण्डकी प्रदेशका माओवादी नेताहरुले नेपाली काँग्रेससँग लुम्बिनीमा जस्तै आलोपालो मुख्यमन्त्री चलाउन पाउनुपर्ने माग गरेका छन् ।
काठमाडौंमा जारी केन्द्रीय कमिटीको बैठकमा गण्डकी प्रदेशका तर्फबाट समूहगत छलफलको रिपोटिङ गर्दै माओवादी नेता हितराज पाण्डेले भने, ‘यो प्रदेशमा चुनावमा नेपाली काँग्रेससँग नै प्रतिस्पर्धा हुने हो । गण्डकीमा पनि लुम्बिनीमा जस्तै आलोपालो मुख्यमन्त्री पाउनुपर्ने माग छ ।’
अध्यक्ष प्रचण्डको दस्तावेजमाथि गण्डकी प्रदेशका १६ जना नेताहरुको समूहगत छलफलबाट प्राप्त निश्कर्षहरु बैठकमा राख्दै पाण्डेले भने, ‘जनयुद्धको भूमिकाबारे जोड पुगेको छैन, जोड दिनुपर्यो । वाम एकता र संयुक्त मोर्चाबारे कुरा त आएको छ, तर अलि स्पष्ट रुपमा आउनुपर्यो । जनताको जनवादबारे के हो ? स्पष्ट हुनुपर्यो ।
रिपोटिङका क्रममा पाण्डेले पुराना नेताहरु कहिलेसम्म केन्द्रीय सदस्य भएर बसिरहने भन्दै नयाँलाई ठाउँ दिइनुपर्ने बताए ।
पार्टी नेता अम्बरबहादुर गुरुङ कोभिड संक्रमणका कारण बैठकमा सहभागी हुन नपाएको पाण्डेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढ्यो कोशी प्रदेशको आम्दानी, सञ्चित खातामा ५ अर्ब ६२ करोड ७५ लाख
-
आइतबारदेखि काठमाडौँ उपत्यकाको तापक्रम घट्ने
-
महाभूकम्पको १० वर्षमा यस्तो बन्यो वसन्तपुर क्षेत्र (तस्बिरहरू)
-
सम्झौताको सात वर्षसम्म फिर्केमा पुल नबनेपछि ठेक्का तोडियो
-
बजेट अधिवेशन आजबाट सुरु हुँदै, प्रधानमन्त्रीले सम्बोधन गर्ने, के के छन् कार्यसूचीमा ?
-
आज भूकम्प स्मृति दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै