समाजवादको लागि गठबन्धनले साझा कार्यक्रम तयार गर्नुपर्छ: राम कार्की
नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल सुरु भएको छ । समूह विभाजन गरेर सुरु गरिएको छलफलमा प्रदेश नम्बर १ को टोली नेताको रुपमा धारणा राख्दै नेता राम कार्कीले पार्टी समेत सहभागी भएको गठबन्धन सरकारले समाजवादको लागि साझा कार्यक्रम तयार गर्नुपर्ने धारणा राखे ।
‘गठबन्धनले समाजवादको कार्यक्रमबारे बोलेको छैन, साथीहरुले समाजवादको साझा कार्यक्रम तय गरेर अघि बढ्नुपर्छ भन्नुभएको छ’ कार्कीले बैठकमा भने । यस्तै उनले पार्टीभित्र आत्मसमीक्षा आलोचनात्मक नभएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डको प्रतिवेदनमा केही विषय छुटेको पनि उल्लेख गरे ।
प्रतिवेदनमा गोर्खा भर्ती केन्द्रबारेको विषय नभएको, अरु दललाई हेर्ने दृष्टिकोण स्पष्ट नभएको बताउँदै उनले पार्टीलाई सशक्त बनाउन ठोस कार्ययोजना बनाउन जरुरी भएको पनि धारणा राखे । पार्टीलाई गतिशील बनाउन उपयुक्त जिम्मेवारी दिनुपर्ने र लिनेले पनि प्रभावकारी ढंगले काम गर्नुपर्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण