सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

२२ घन्टाको समय दिएर लुम्बिनी प्रदेशमा नयाँ सरकार गठन गर्न आह्वान

बुधबार, २७ साउन २०७८, १७ : १०
बुधबार, २७ साउन २०७८

 मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा गरेपछि लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले २२ घन्टाको समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् ।

प्रदेश प्रमुख शेरचनले बुधबार ५ बजे सूचना  जारी गर्दै बिहीबार ३ बजेभित्र सरकार गठनका लागि दललाई आह्वान गरेका हुन् ।

संविधानको धारा १६९ को उपधारा १ को खण्ड ‘क’ बमोजिम मुख्यमन्त्री पोखरेलले साउन २७ गते राजीनामा दिएकाले प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतको सरकार गठन गर्न आह्वान गरेका हुन् । 
यससँगै विपक्षी गठबन्धनले नयाँ सरकार गठनको पहल थाल्नेछन् । 

माओवादी सांसद सुदर्शन बरालले रातोपाटीसँग भने, ‘चार दलीय गठबन्धनसँग ४२ सांसद छन्, भोलि नै कुलबहादुर केसी मुख्यमन्त्री बन्नुहुनेछ ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप