प्रदेश प्रमुखलाई भेट्न पुगे शंकर पोखरेल, राजीनामाको चर्चा
बुधबार, २७ साउन २०७८, १३ : ०५
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल प्रदेश प्रमुख अमिक शेरचनलाई भेट्न प्रदेश प्रमुख कार्यालय पुगेका छन् । उनी प्रदेशसभाको विशेष अधिवेशन सुरु हुनु केही मिनेटअघि मात्रै प्रदेश प्रमुखको कार्यालयमा पुगेका हुन् ।
उनीविरुद्धको अविश्वास प्रस्तावमाथि प्रदेश सभामा छलफल हुने कार्यसूची आज रहेको अवस्थामा उनी प्रदेश प्रमुखलाई भेट्न पुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । उसो त प्रदेशसभाबाट उनले विश्वासको मत नपाउने देखिएपछि सो अघि नै राजीनामा दिन लागेको चर्चा समेत भएको छ । त्यसको आधिकारिक पुष्टि भने हुन सकेको छैन । प्रदेश सरकारका प्रवक्ता वैजनाथ चौधरीले मुख्यमन्त्री पोखरेल प्रदेश प्रमुखलाई भेट्न गएको पुष्टि गरे । तर राजीनामा दिन लागेको बारे भने उनले केही बताउन चाहेनन् ।
थप समाचार
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम रोयल्सको एयरलाइन्स पार्टनरमा नेपाल एयरलाइन्स
-
नुवाकोटमा दुई सय दश जना किसान सम्मानित
-
काठमाडौँ उपत्यकामा खानेपानीका पाइपलाइन मर्मत गरिँदै
-
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
-
बक्यौता नतिर्ने उद्योगका सञ्चालकहरूको घरमा लाइन काट्ने प्राधिकरणको तयारी
-
‘आवश्यकता र हित हेरेर मात्रै बीआरआई कार्यान्वयन गर्नुपर्छ’