सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश : यस्तो छ विशेष अधिवेशनको कार्यसूची

बुधबार, २७ साउन २०७८, १३ : ०१
बुधबार, २७ साउन २०७८

बुधबार तय भएको लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनको कार्यसूची तय भएको छ । जसअनुसार अहिले केही बेरपछि अर्थात् दिउँसो १ बजे बस्ने बैठकमा सुरुमा सभामुखले प्रदेश प्रमुखबाट प्रेषित विशेष अधिवेशन आव्हानसम्बन्धी पत्र बढेर सुनाउनेछन् । 

त्यसपछि जनता समाजवादी पार्टीका सदस्यहरूमाथि भएको कारबाही बारे सभालाई जानकारी गराउने कार्यसूची रहेको छ । त्यसपछि मूल विषय अविश्वासको प्रस्तावमाथि छलफल प्रक्रिया अघि बढ्नेछ । 

बैठकमा अविश्वास प्रस्तावमाथिको प्रस्तावकमध्येका एक सांसद वीरेन्द्र कुमार कानौडियाले वक्तव्यसहित सभामा अविश्वास प्रस्ताव पेश गर्नेछन् भने सोमाथि छलफल भई मुख्यमन्त्री शंकर पोखरेलले जवाफ दिनेछन् । 

त्यसपछि सभामुखले अविश्वासको प्रस्ताव फिर्ता लिन चाहेमा समय दिनेछन् भने फिर्ता लिन नमानेमा मत विभाजनद्वारा निर्णयार्थ मत विभाजनको परिणाम घोषणा हुनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप