सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

राजीनामा दिने या अविश्वास प्रस्ताव सामना गर्ने भन्नेबारे निर्णय लिने अधिकार मुख्यमन्त्री पोखरेललाई

बुधबार, २७ साउन २०७८, १० : ०७
बुधबार, २७ साउन २०७८

लुम्बिनी प्रदेश, नेकपा एमाले संसदीय दलको बैठकले अविश्वास प्रस्ताव सामना गर्ने या राजीनामा दिने भन्नेबारे निर्णय गर्ने अधिकार संसदीय दलका नेता तथा मुख्यमन्त्री शंकर पोखरेललाई दिएको छ । केही बेर अघि सम्पन्न एमाले संसदीय दलको बैठकले आवश्यक निर्णय लिने अधिकार मुख्यमन्त्री पोखरेललाई दिएको लुम्बिनी प्रदेशका एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले बताए ।

उनले संसद्को कार्यव्यवस्था परामर्श समितिको बैठक नै नबोलाइ, विशेष अधिवेशनका सम्बन्धमा दलहरूसँग परामर्श नै नगरी अघि बढ्ने प्रयत्न गरिएकोमा आफूहरूको घोर आपत्ति रहेको जानकारी दिए ।

‘सदन कसरी चलाउने भन्नेबारे कार्यव्यवस्था परामर्श समितिको बैठक राखेर निर्णय गर्ने परम्परा थियो,’ उनले भने, ‘कार्यव्यवस्था परामर्श समितिको बैठक नै नबोलाइ अघि बढ्ने प्रयत्न गरेकोमा हाम्रो घोर आपत्ति छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप