आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश : जसपाका मन्त्री भन्छन्– मुख्यमन्त्रीले राजीनामा नदिन भन्नुभयो

बुधबार, २७ साउन २०७८, ०९ : ४९
बुधबार, २७ साउन २०७८

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले जसपाबाट सरकारमा सहभागी भएका दुई जना मन्त्रीलाई राजीनामा दिनबाट रोकेका छन् । ​जसपाबाट सरकारमा सामेल भएकामध्ये भौतिक पूर्वाधार विकास मन्त्री सन्तोषकुमार पाण्डेयले मंगलबार राजीनामा दिएका थिए । सो पार्टीबाट सरकारमा सहभागी बाँकी दुई मन्त्रीलाई भने मुख्यमन्त्री पोखरेलले केही समय कुर्न भन्दै राजीनामा नदिन आग्रह गरेका हुन् ।

यद्यपि, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी सम्हालेका विजयबहादुर यादव भने आफूहरुले पनि राजीनामा दिएसरह नै रहेको बताउँछन् । ‘हाम्रो नेता (सन्तोषकुमार पाण्डेय) ले राजीनामा दिइसक्नु भएको अवस्थामा हामीले पनि राजीनामा दिएसरह नै हो,’ रातोपाटीसँग उनले भने, ‘तर पनि मुख्यमन्त्रीजीले केही समय कुर्न भन्नु भएका कारण औपचारिक रूपमा राजीनामा दिएका छैनौँ ।’

सत्तारुढ दल नेकपा एमालेको संसदीय दलको बैठकपछि अविश्वासको प्रस्तावको सम्बन्धमा केही निर्णय हुने र त्यसलगत्तै एउटा निष्कर्षमा पुग्ने सत्ता पक्षको योजना छ ।

हाल प्रदेश सरकारमा जसपाबाट विजयबहादुर यादव र कल्पना पाण्डेय सामेल छन् । जसपाबाट पार्टीको निर्णय विपरीत गत वैशाखमा सरकारमा सामेल महन्थ ठाकुर पक्षका चार जनामध्ये सुमन शर्मा रायमाझी केही अघि नै राजीनामा दिएर उपेन्द्र यादव पक्षमा फर्किसकेकी छन् भने सन्तोषकुमार पाण्डेयले पनि सरकारबाट राजीनामा दिइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप