माधवबिनाको एमाले केन्द्रीय समिति बैठक सुरु
सोमबार, २५ साउन २०७८, १५ : ३६
नेकपा एमालेको केन्द्रीय समिति बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बैठक सुरु भएको हो । बैठकमा माधव नेपाल समूहको भने सहभागिता छैन ।
यसअघि आजै बसेको स्थायी कमिटी बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको थियो । एमालेले आगामी भदौ २७ र २८ गतेका लागि विधान महाधिवेशन बोलाउने निर्णय गरेसँगै विधान संशोधन प्रस्ताव ल्याएको हो ।
केन्द्रीय समिति बैठकमा विधान संशोधन प्रस्तावसहित अध्यक्ष केपी शर्मा ओली राजनीति प्रतिवेदन र महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रस्तावपनि पेश गर्नेछन् । सो प्रतिवेदनबारे केन्द्रीय कमिटी बैठकमा खुला छलफल हुने पार्टी कार्यालय सचिव शेरबहादुर तामाङको भनाइ छ ।
थप समाचार
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
-
सशस्त्र प्रहरीद्वारा तीन महिनामा ३ सय ४७ जनाको सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
