शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

माधवबिनाको एमाले केन्द्रीय समिति बैठक सुरु

सोमबार, २५ साउन २०७८, १५ : ३६
सोमबार, २५ साउन २०७८

नेकपा एमालेको केन्द्रीय समिति बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बैठक सुरु भएको हो । बैठकमा माधव नेपाल समूहको भने सहभागिता छैन । 

यसअघि आजै बसेको स्थायी कमिटी बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको थियो ।  एमालेले आगामी भदौ २७ र २८ गतेका लागि विधान महाधिवेशन बोलाउने निर्णय गरेसँगै विधान संशोधन प्रस्ताव ल्याएको हो ।

केन्द्रीय समिति बैठकमा विधान संशोधन प्रस्तावसहित अध्यक्ष केपी शर्मा ओली राजनीति प्रतिवेदन र महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रस्तावपनि पेश गर्नेछन् ।   सो प्रतिवेदनबारे केन्द्रीय कमिटी बैठकमा खुला छलफल हुने पार्टी कार्यालय सचिव शेरबहादुर तामाङको भनाइ छ ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप