बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

मिजोरममाथिको ‘अनौपचारिक’ आर्थिक नाकाबन्दी अन्त्य

आइतबार, २४ साउन २०७८, ०९ : २१
आइतबार, २४ साउन २०७८

गत १० दिनदेखि असममा रोकिएका अत्यावश्यक वस्तु बोकेका ट्रकहरु चल्न थालेका छन् । योसँगै गत जुलाई २६ मा भएको झडपपछि लागू अनौपचारिक आर्थिक नाकाबन्दी अन्त्य भएको छ । सो झडपमा असमका ६ प्रहरीका साथै एक स्थानीयको मृत्यु भएको थियो । असमका दुई मन्त्रीले स्थानीयलाई ती गाडी जान दिनका लागि मनाएपछि नाकाबन्दी अन्त्य भएको हो ।

यसअघि दुई राज्यका स्थानीय अधिकारीबीच भएका कयौँ चरणका वार्तापछि पनि गतिरोध अन्त्य हुन सकेको थिएन । तर, मन्त्रीद्वय अशोक सिंघल र परिमल शुक्लावैद्य शनिबार साँझ लैलापुर सीमा पुगेर ट्रकलाई रोकेर राखेका स्थानीयसँग छलफल गरेका थिए । उनीहरुलाई स्थानीयलाई सम्झाउन २ घण्टाभन्दा बढी समय लागेको थियो । दुई मन्त्रीले मिजोरम सरकारलाई असमका प्रहरीको हत्यामा संलग्न मिजोरम प्रहरीका सदस्यलाई कारवाहीको माग पनि गरेका छन् । गतिरोध अन्त्यअघि सीमा पारी जान खोज्ने ट्रकहरुमाथि स्थानीयले ढुंगामुढा गरेका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप