भारतका दुई राज्यका प्रहरीले किन एक अर्कामाथि गोली बर्साए ?
![भारतका दुई राज्यका प्रहरीले किन एक अर्कामाथि गोली बर्साए ?](https://rpcdn.ratopati.com/media/albums/_119597024_gettyimages-1227110406-594x594_YNmm0ry1kM.jpg)
गत आइतबार भारतको दुई राज्यका मुख्यमन्त्री सामाजिक सञ्जालमा एक आपसमा भिडे । मिजोरमका मुख्यमन्त्री जोरामथांगा र असमका मुख्यमन्त्री हिम्मत विश्व सरमा एक आपसमा आरोपप्रत्यारोप गरिरहेका थिए । सायद भारतीय इतिहासमा पहिलोपटक दुई छिमेकी राज्यका मुख्यमन्त्रीबीच यस्तो स्थिति देखिएको पहिलो पटक थियो ।
तर, सामाजिक सञ्जालमा जुन कुरा देखिएको थिएन, त्यो कुरा केही घण्टापछि बाहिर आयो । हिंस्रक झडपमा असम प्रहरीका पाँच जवानको मृत्यु भयो । दुई राज्यका प्रहरी आमनेसामने भएपछि झडपको स्थिति पैदा भएको थियो । भारतीय इतिहासमा यस्तो स्थिति कहिले पनि भएको थिएन ।
दुवै राज्यका मुख्यमन्त्री केन्द्रीय गृहमन्त्री अमित शाहसँग गुहार लगाउँदै सामाजिक सञ्जालमा देखिए । जबकि यस घटनाको एक दिनअघि मात्र शाहलेले शिलोंगमा सात राज्यका मुख्यमन्त्रीहरूसँग भेट गरेका थिए । यस बैठकमा दुई राज्यको सीमाको विवादको विषय पनि एक मुद्दा थियो ।
मिजोरम सरकारका मुख्यमन्त्रीले आफ्नो बयानमा घटनालाई दुःखद बताउँदै आइतबार साढे ११ बजे कछाल जिल्लाको वैरङ्गते अटो रिक्सा स्ट्यान्ड नजिक बनेको सीआरपीएफ पोस्टमा असमका २ सयभन्दा बढी प्रहरी पुगेर मिजोरमका प्रहरी र स्थानीयमाथि बल प्रयोग गरेको आरोप लगाएका छन् । प्रहरीले बल प्रयोग गरेपछि त्यहाँ जम्मा भएका स्थानीयमाथि लाठी चार्ज गर्यो र टियर ग्यासको प्रयोग गर्यो जसमा कयौँ घाइते पनि भए ।
असम प्रहरीले ग्रिनेड फ्याँकेर फायरिङ सुरु गरेपछि अपराह्न चार बजेर ५० मिनेटमा मिजोरम प्रहरीले पनि फायरिङ गरेको थियो । मिजोरमका मुख्यमन्त्री जोरामथांगाले जब कोलासिब जिल्लाका प्रहरी अधीषक असम प्रहरी अधिकारीहरूसँग छलफल गरिरहेका बेला फायरिङ गरिएको आरोप लगाए ।
उता, असमका मुख्यमन्त्री हिम्मत बिस्व सरमाले मिजोरम सरकारले आफ्नो लैलापुर जिल्लामा सडक बनाउन सुरु गरेपछि विवाद सुरु भएको बताए । स्थिति सामान्य बनाउन २६ जुलाईमा प्रहरीका आईजी, डीआईजी र प्रहरी अधीक्षक त्यहाँ छलफल गर्न पुगेको उनको भनाइ छ । उनका अनुसार असमका प्रहरीमाथि मिजोरमका स्थानीयले ढुंगामुढा गरेका थिए जसलाई मिजोरम प्रहरीले साथ दिएका थिए ।
उता, अधिकारीहरू बीच छलफल चलिरहँदा मिजोरमका प्रहरीले गोली चलाउन थालेपछि असम प्रहरीका ६ जना जवानको मृत्यु भएको र कछार जिल्लाका प्रहरी अधीक्षकसहित ५० जना घाइते भएको उनको आरोप छ ।
असम र मिजोरमबीचको सीमा विवाद औपनिवेशिक कालदेखि जारी छ । सन् १९७२ सम्म मिजोरम असमको हिस्सा थियो । यो लुशाई हिल्स नामको असमको एक जिल्लाको रूपमा रहेको थियो जसको मुख्यालय आइजाेल थियो । असम–मिजोरमको विवाद सन् १८७५ को एक अधिसूचनापछि सुरु भएको हो जसले लुशाई पहाडको कछारको मैदानी क्षेत्रलाई अलग गर्दछ ।
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
-
त्रिविको जग्गा हिनामिना गर्ने जो भए पनि कानुनी कारबाहीको दायरामा आउँछन्: प्रधानमन्त्री
-
वर्षा बाधक बनेपछि बराबरीमा सकियो अस्ट्रेलिया र भारतबिचको तेस्रो टेस्ट
-
चितवन निकुञ्जद्वारा नियम विपरीत काम गर्ने ६५ जनालाई कारबाही
-
१० वर्षीया बालिकाको मृत्युपछि पाकिस्तान भागेर प्रहरीलाई फोन
-
बार अध्यक्ष घिमिरेविरुद्धको अदालतको अवहेलनाको पेसी ३२ औ नम्बरमा