आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

पत्नीले झुठा आरोप लगाएको भन्दै हनी सिंहले भने, ‘पीडामा छु, कानुनमाथि विश्वास छ’

शनिबार, २३ साउन २०७८, १० : ४७
शनिबार, २३ साउन २०७८

बलिउडका र्‍यापर हनी सिंहमाथि उनकी श्रीमती शालिनी सिंहले घरेलु हिंसा गरेको आरोप लगाएकी छन् । 

श्रीमतीले घरेलु हिंसा गरेको आरोप लगाएपछि हनी सिंह पछिल्लो समय सामाजिक सञ्जालमा छाएका छन् । उनको श्रीमतीले परिवारमाथि पनि गम्भीर आरोप लगाएकी छन् । श्रीमतीले लगाएका सम्पूर्ण आरोपहरुको बारेमा कुनै प्रतिक्रिया नदिएका हनी सिंहले यसको विषयमा आफ्ना भनाई राखेका छन् । 

उनले एक वक्तब्य जारी गर्दै श्रीमतीले आफूमाथि लगाएको आरोप झुट भएको आरोप लगाएका छन् । उनले श्रीमतीले लगाएका सबै आरोप साँचो नभएको समेत बताएका छन् । 

हनी सिंहले इन्स्टाग्राममा लेखेका उक्त जवाफमा भनेका छन्, ‘मेरी श्रीमतीले ममाथि लगाएका झुठा आरोपले मेरो मनमा गहिरो पीडा परेको छ । उनले लगाएका सबै आरोप झुट हो । मैले यसअघि कुनै पनि सार्वजनिक अभिव्यक्ति दिएको थिइन । मेरो गीतलाई, मेरो स्वास्थ्यलाई र मेरो बारेमा मिडियामा गलत समाचार फैलाइन्थ्यो मैले कहिल्यै सार्वजनिक रुपमा त्यसको विरोध गरिन । म यो पटक चुपचाप रहन सकिन । मेरा बुढा बाआमा र मेरी सानी बहिनीमाथि लगाइएका झुठा आरोप हुन् । उनीहरु मुश्किल समयमा सबै मेरो साथमा थिए ।’

उनले अगाडि भनेका छन्, ‘ म १५ वर्षदेखि यो उद्योगमा छु । यसबीचमा मैले थुप्रै कलाकार र संगितकारसँग काम गरिसकेको छु । मेरो श्रीमतीसँग सम्बन्ध कस्तो थियो भनेर सबैलाई थाहा छ । म धेरै बोल्न चाहान्न किनकी यो मामिला अब अदालतसम्म पुगिसकेको छ । मलाई कानुनमाथि र अदालतमाथि पूर्ण भरोसा छ । छिट्टै सत्य अगाडि आउनेछ ।’


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप