हनी सिंहकी पत्नीको आरोप : कयौँ युवतीसँग सम्बन्ध थियो, रङ्गे हात समाउँदा रक्सीको बोतलले हाने
र्‍यापर हनी सिंहमाथि घरेलू हिंसाको आरोप लगाउँदै मुद्दा दर्ता गराएकी उनकी पत्नी शालिनी तलवारले आफ्नो याचिकामा कयौँ आश्चर्यजनक खुलासा गरेकी छन् । शालिनीका अनुसार हनी सिंहलाई करियरमा सफलता मिलेपछि उनी निकै आक्रामक र अशिष्ट बनेका थिए ।
शालिनीका अनुसार विवाहको तस्विर सामाजिक सञ्जालमा भाइरल भएपछि हनी सिंह निकै अत्तालिएका थिए । त्यसपछि फोटो लिक गरेको आरोप लगाउँदै हनी सिंहले आफूलाई पिटेको उनको आरोप छ । हनी सिंहले आफ्नो वैवाहिक जीवनको अस्तित्व लुकाउन चाहेको शालिनीको दाबी छ ।
हनी सिंहको कयौँ युवतीहरूसँग सम्बन्ध रहेको पनि शालिनीको आरोप छ । उनका अनुसार ‘ब्राउन रङ्ग दे’ गीतको सुटिङका क्रममा उनले हनी सिंहलाई यौन क्रियाकलापमा लिप्त रहेको बेला रङ्गे हात समातेकी थिइन् । त्यतिबेला हनी सिंहले आफूमाथि रक्सीको बोतल फालेको उनको दाबी छ । आफ्नो याचिकामा उनले सासु भूपिन्दर कौर, ससुरा सरबजीत सिंह र भाउजु स्नेहा सिंहको नाम पनि उल्लेख गरेकी छन् । उनी आफ्नो पतिको घरको तर्फबाट भएको अत्याचारको विरुद्ध सुरक्षा आदेश र अन्य राहत माग गरेकी छन् ।
शालिनीले घरेलु हिंसाको मामिला दर्ता गरेपछि दिल्ली कोर्टले हनी सिंहलाई २८ अगस्तसम्म जवाफ पठाउन भन्दै नोटिस जारी गरेको छ । त्यस्तै, शालिनीको पक्षमा अन्तरिम आदेश जारी गर्दै हनी सिंह र उनको संयुक्त स्वामित्व रहेको सम्पत्ति बेचबिखनमा रोक लगाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिमवाङमा खेलमैदान निर्माण
-
मन्त्रीको क्षेत्रकेन्द्रित बजेटमाथि प्रश्न, मुख्यमन्त्रीले भने, ‘नीतिविपरीतका योजना लागू हुँदैनन्’
-
प्रथम महाधिवेशनमै वैधानिकतामाथि उठ्यो प्रश्न
-
मानवअधिकार संरक्षणमा समस्या : अध्यक्ष मगर
-
चुनावमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट
-
बागमतीको बजेटमाथि बहस : मन्त्रालय कटौतीको प्रशंसा, कार्यान्वयनमा आशंका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
