लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वान भएपछि सत्ता पक्षको आपत्ति
प्रदेश प्रमुख अमिक शेरचनले साउन २७ गतेका लागि लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरेको गरेपछि सत्तारुढ दल एमाले आपत्ति जनाएको छ ।
प्रदेश प्रमुखले विशेष अधिवेशन आह्वान गरेपछि बिहीबार एमाले लुम्बिनी प्रदेश संसदीय दलले गरेको पत्रकार सम्मेलनमा प्रमुख सचेतक भूमिश्वर ढकालले आपत्ति जनाएका हुन् ।
उनले संविधानको धारा १६८(१) अनुसार गठन भएको एकल बहुमतको सरकारविरुद्ध दुई वर्ष नपुग्दै अविश्वास प्रस्ताव दर्ता गर्न नमिल्ने जिकिर गर्दै अधिवेशनबारे पार्टीमा थप छलफल र परामर्श गर्दै अघि बढिने बताए ।
उनले अविश्वास प्रस्तावमाथि छलफलका लागि प्रदेश प्रमुखले बोलाएको विशेष अधिवेशन संविधान विपरीत भएको समेत बताए
उनले जसपाका सांसदको एउटा सत्ता विपक्षी र अर्को सत्ता पक्षमा बस्ने गरेको समेत उल्लेख गर्दै पार्टी परिस्थितिलाई गम्भीर रुपमा विश्लेषण गरेर अघि बढ्ने बताए ।
प्रदेशका प्रमुख शेरचनले विपक्षीको माग बमोजिम साउन २७ गते बुधबार १ बजे बैठक बस्नेगरी अधिवेशन आह्वान गरेका हुन् ।
संविधानको धारा १८३ को उपधारा ३ बमोजिम शेरचनले विशेष अधिवेशन आह्वान गरेको प्रदेशसभा सचिव दुर्लभ कुमार पुनले मगरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण


