लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वान भएपछि सत्ता पक्षको आपत्ति

प्रदेश प्रमुख अमिक शेरचनले साउन २७ गतेका लागि लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरेको गरेपछि सत्तारुढ दल एमाले आपत्ति जनाएको छ ।
प्रदेश प्रमुखले विशेष अधिवेशन आह्वान गरेपछि बिहीबार एमाले लुम्बिनी प्रदेश संसदीय दलले गरेको पत्रकार सम्मेलनमा प्रमुख सचेतक भूमिश्वर ढकालले आपत्ति जनाएका हुन् ।
उनले संविधानको धारा १६८(१) अनुसार गठन भएको एकल बहुमतको सरकारविरुद्ध दुई वर्ष नपुग्दै अविश्वास प्रस्ताव दर्ता गर्न नमिल्ने जिकिर गर्दै अधिवेशनबारे पार्टीमा थप छलफल र परामर्श गर्दै अघि बढिने बताए ।
उनले अविश्वास प्रस्तावमाथि छलफलका लागि प्रदेश प्रमुखले बोलाएको विशेष अधिवेशन संविधान विपरीत भएको समेत बताए
उनले जसपाका सांसदको एउटा सत्ता विपक्षी र अर्को सत्ता पक्षमा बस्ने गरेको समेत उल्लेख गर्दै पार्टी परिस्थितिलाई गम्भीर रुपमा विश्लेषण गरेर अघि बढ्ने बताए ।
प्रदेशका प्रमुख शेरचनले विपक्षीको माग बमोजिम साउन २७ गते बुधबार १ बजे बैठक बस्नेगरी अधिवेशन आह्वान गरेका हुन् ।
संविधानको धारा १८३ को उपधारा ३ बमोजिम शेरचनले विशेष अधिवेशन आह्वान गरेको प्रदेशसभा सचिव दुर्लभ कुमार पुनले मगरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटको सिद्धान्त र प्राथमिकता संसदमा पेस
-
युद्धविरामका लागि रुस प्रतिबद्ध भएमा युक्रेन वार्ताका लागि ‘तयार’ : जेलेन्स्की
-
प्रतिनिधिसभा बैठक मङ्गलबारसम्म स्थगित
-
जेनेभामा अमेरिका–चीन व्यापार वार्ता पुनः सुरु
-
साविक उपविजेता मोक्षदालाई हराउँदै गेटवे फाइनलमा, डीएभी सुशिल केडियासँग उपाधि भिडन्त
-
स्थानीय तहका ५ अस्पताललाई स्तरोन्नति गर्दै बागमती सरकार