बढे कोरोना संक्रमित, २४ घण्टामा ४१ सय बढीमा संक्रमण पुष्टि
पछिल्लो दिनमा देशभर कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । बितेको २४ घण्टामा मात्रै ४१ सय बढीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट ११ हजार ३५४ जनाको कोरोना परीक्षण गर्दा २ हजार ९७५ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै एन्टिजेन विधिबाट ४ हजार ९४४ जनाको परीक्षण गर्दा ११३२ जनामा पुष्टि भएको मन्त्रालयले जनाएको छ । दुबै विधिबाट जम्मा १६ हजार २९८ जनाको परीक्षण भएकोमा ४ हजार १०७ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा १ हजार ५३५ जना संक्रमणमुक्त हुँदा मृत्यु ३५ जनाको मृत्यु भएको छ ।
हालसम्म झन्डै ४० लाख जनामा कोरोना परीक्षण भएकामा ७ लाख ६७ हजार ९२२ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये ६ लाख ६१ हजार ६५१ जना निको भएका छन् । यस्तै हालसम्म मृतकको कुल संख्या ९ हजार ९५७ पुगेको छ ।
यसअघि मंगलबार देशभर ३३८३ जनामा संक्रमण पुष्टि भएको थियो भने २४ जनाको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
