शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंमा ९०८ सहित उपत्यकामा १२७९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

बुधबार, २० साउन २०७८, १६ : ४०
बुधबार, २० साउन २०७८

बितेको २४ घण्टामा देशभर कोरोना संक्रमित भएकामध्ये एक तिहाइ बढी काठमाडौं उपत्यकामा भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ९०८ सहित उपत्यकामा १२७९ जनामा संक्रमण पुष्टि भएको हो । 

संक्रमितमा काठमाडौंमा ९०८, ललितपुरमा १६५ र भक्तपुरमा २०६ जना रहेका छन् ।  बितेको २४ घण्टामा देशभर ४ हजार १०७ जनामा संक्रमण पुष्टि भएको हो । 

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ११ हजार ३५४ जनाको कोरोना परीक्षण गर्दा २ हजार ९७५ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै एन्टिजेन विधिबाट ४ हजार ९४४ जनाको परीक्षण गर्दा  ११३२ जनामा पुष्टि भएको मन्त्रालयले जनाएको छ । 
दुबै विधिबाट जम्मा १६ हजार २९८ जनाको परीक्षण भएकोमा ४ हजार १०७ जनामा संक्रमण पुष्टि भएको हो । 
यस्तै पछिल्लो २४ घण्टामा १ हजार ५३५ जना संक्रमणमुक्त हुँदा  मृत्यु ३५ जनाको मृत्यु भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप