पारस खड्का भन्छन्, ‘राजनीतिमा पनि लाग्न सक्छु, त्यो अघि क्रिकेट नै मेरो प्राथमिकता
क्रिकेटर पारस खड्काले सही अवसर प्राप्त भएमा आफू राजनीतिमा पनि लाग्न सक्ने बताएका छन् । तर तत्काल भने नेपाली क्रिकेटलाई कसरी अघि बढाउने भन्नेतर्फ आफ्नो ध्यान केन्द्रीत हुने उनको भनाइ छ ।
‘राइट अपरच्युनिटी आयो भने राजनीतिमा पनि हुनसक्छु । आगामी दिनमा अवसरहरू आउँछ भने त्यो पनि किन नहुनु ?’, बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘त्यसअघि नै क्रिकेटलाई कुनै ठाउँमा पुर्याउन सक्नेतर्फ लाग्नुपर्छ, मेरो पहिलो प्राथमिकता क्रिकेट राम्रो होस् भन्ने नै हो ।
उनले अहिले उचित समय लागेर अन्तर्राष्ट्रिय क्रिकेटबाट राजीनामा दिएको पनि बताए । ‘यो राइट टाइम भनेर अनाउन्समेन्ट गरेको हो’, उनले भने । नेपाली क्रिकेट टिमभित्रको वातावरणलाई आफूले सधैँ मिस गर्ने खड्काले बताए ।
उनले आगामी दिनमा क्रिकेटलाई कसरी राम्रो गर्न सकिन्छ भनेर क्यानसहितका अधिकारीलाई आइडिया दिनसक्ने भन्दै आगामी दिनमा मौका मिलेमा क्यानमा कुनै भूमिका निर्वाह गर्न सक्ने पनि बताए ।
छिट्टै क्रिकेट एकेडेमी लन्च गर्न लागेको जानकारी दिँदै उनले त्यसलाई नेपालभर लिएर जाने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुकायो साकाको सानदार ह्याट्रिक, इङ्गल्याण्ड ५–३ को मजबुत स्थितिमा
-
मेस्सीलाई पछि पार्दै एम्बाप्पे बने विश्वकप इतिहासकै सर्वकालीन सर्वाधिक गोलकर्ता
-
६६ औँ मिनेटमा एम्बाप्पेको दोस्रो गोल, फ्रान्स ऐतिहासिक पुनरागमनको निकै नजिक
-
फ्रान्सको सशक्त पुनरागमन प्रयास: बारकोलाको गोलमा खेल २–४ को स्थितिमा, एम्बाप्पेको असिस्ट
-
४८ औँ मिनेटमा किलियन एम्बाप्पेको गोल, गोल्डेन बुटको दौडमा मेस्सीलाई उछिने
-
मियामीमा इङ्गल्याण्डको एकपक्षीय दबदबा: पहिलो हाफको समाप्तिसम्म गोलको वर्षा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण