मानसिक रुपमा ५० वर्षको भइसकेँ : पारस खड्का

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ३३ वर्षीय पारस खड्काले मानसिक रुपमा भने आफू ५० वर्षको भइसकेको बताएका छन् । सन्यास घोषणापछि पत्रकार सम्मेलन गर्दै उनले खेलाडीका रुपमा नेपाली क्रिकेटका लागि सक्दो योगदान गरिसकेकाले क्रिकेट व्यवस्थापनमा नयाँ बाटो खोज्न चाहेको स्पष्ट पारे ।
उनले आफू व्यवस्थापकका रुपमा क्रिकेटमा सक्रिय हुन चाहेको बताए । ‘व्यवस्थापनमा आउन चाहन्छु । कुनै न कुनै रुपमा क्रिकेटमै जोडिरहनेछु,’ पारसले भने,‘मेरो सल्लाह,सुझाव क्रिकेटका लागि आवश्यक पर्छ भने त्यसका लागि सदैव तयार छु ।’
झन्डै दुई दशकसम्म क्रिकेट खेल्ने क्रममा आफूले सुदृढता र कमजोरीलाई नजिकबाट नियालेकाले व्यवस्थापनमा यो अनुभव काम लाग्ने उनको भनाइ छ । ‘क्रिकेटमा पनि कहिले सुदृढ भइन्थ्यो र कहिले कमजोर, मैले दुबैको अनुभव गरेको छु । व्यवस्थापनमा पनि मैले भनेका सबै कुरा लागु हुन्छन् भन्ने होइन,’ उनले भने,‘यो टिमवर्क हो । मेरा कति योजना राम्रा होलान् । कति कमजोर पनि होलान् । ती दुबैलाई व्यवस्थापन गर्ने हो ।’
उनले क्रिकेट संघसँग असन्तुष्ट भएर राजीनामा नदिएको बताए । ‘म विगत दुई वर्षदेखि यसका लागि तयार थिएँ । क्रिकेट संघसँग असन्तुष्ट भएर राजीनामा घोषणा गरेको होइन,’ पारसले भने,‘यो हतारमा रातारात आएको निर्णय पनि होइन । मैले कप्तानबाट सन्यास लिनासाथ यस्तो निर्णय गर्ने सोचेको थिएँ ।
क्रिकेट एकेडेमीको घोषणा
पारसले केही समय लगत्तै आफुले क्रिकेट एकेडेमी खोल्ने घोषणा पनि गरे । ‘योजना बनाइरहेको छु । तयारी पूरा भइसकेपछि त्यसको जानकारी तपाईहरुलाई फेरि गराउने नै छु ।’ नेपाललाई एकदिवसीय मान्यता दिलाउन पाउँदा गर्व लागेको पनि उनले बताए । अहिलेका क्रिकेटरहरुमा ठूलो संभावना रहेकाले उनीहरुले नेपाली टोलीलाई थप उचाइमा पु¥याउने खड्काको विश्वास छ ।
अवसर पाएमा राजनीतिमा पनि लाग्नसक्ने उनले बताए । ‘अवसर आयो भने राजनीतिमा लाग्छु । तर पहिले क्रिकेट व्यवस्थापनमै सक्रिय भएर यसलाई एउटा स्तरसम्म पु¥याउने इच्छा छ । यदि, मेरो कारणले देशलाई केही फाइदा हुन्छ भने म राजनीतिमा पनि लाग्नसक्छु,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्ष अघि नै एमाले सांसद्विरूद्ध पक्राउ पुर्जी जारी, पत्र घुमाएर आलटाल गर्दै प्रहरी
-
गभर्नर छनोट सिफारिस समितिबाट विश्व पौडेलले दिए राजीनामा
-
ज्ञानेन्द्रलाई निर्मल निवासमा नजरबन्द गरिएको हल्ला फैलिएपछि...
-
महोत्तरीमा सम्पन्न राहत शिक्षकहरूको भेलाले के-के गर्यो निर्णय ?
-
नबिल बैङ्कको बौद्ध शाखामा पाँचौँ प्रायोरिटी बैङ्किङ लाउञ्ज सुरू
-
बागमती प्रदेश सरकार र सिडिओलाई प्रेस सेन्टरले बुझायाे ज्ञापनपत्र