अन्ततः जागेश्वर गौतमको वीर अस्पतालबाट सरुवा
सरकारले अन्ततः कोभिड—१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) का प्रमुख प्रशासकीय अधिकारी जागेश्वर गौतमको सरुवालाई सदर गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले गौतमसहित उच्च अधिकारीको सरुवा ‘होल्ड’ गराएकोमा गौतमको भने अन्ततः सरुवा नै गरिएको हो । गौतमलाई प्रसूति गृह पठाइएको छ ।
उनको ठाउँमा डा. भुपेन्द्र बस्नेतलाई नियुक्त गरिएको स्वास्थ्य मन्त्रालयका सचिव रोशन पोखरेलले रातोपाटीलाई जानकारी दिए ।
प्रधानमन्त्री देउवाले आज डा. बस्नेतलाई अस्पतालको प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त गरेको उनको भनाइ छ ।
यसअघि सोमबार स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले डा. रुद्र मरासिनीलाई कोभिड—१९ युनिफाइड अस्पतालको प्रमुखमा सरुवा गरेको थिए ।
प्रधानमन्त्री देउवाले हाल आएर राज्यमन्त्रीको निर्णयलाई हस्तक्षेप गर्दै डा. बस्नेतलाई प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त गरेका हुन् ।
यसअघि डा. बस्नेत वीर अस्पतालको निर्देशक भइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण