बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जागेश्वर गौतमसहितका कर्मचारीको सरुवामा प्रधानमन्त्रीको हस्तक्षेप

मङ्गलबार, १९ साउन २०७८, १२ : २९
मङ्गलबार, १९ साउन २०७८

स्वास्थ्य राज्यमन्त्रीको संलग्नतामा गरिएको उच्च अधिकारीको सरुवामा प्रधानमन्त्रीले हस्तक्षेप गरेका छन् । सोमबार स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले गरेको चार जना  स्वास्थ्य अधिकारीको सरुवा निर्णयबारे हस्तक्षेप गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले ‘होल्ड’ गराएका हुन् । 

 मन्त्रालयले कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) का प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतमलाई प्रसूति गृहमा सरुवा गरी राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत डा. रुद्र मरासिनीलाई नियुक्त गरेको थियो । 

यस्तै सार्क क्षयरोग केन्द्रका प्रमुख डा. विवेक लाललाई मन्त्रालयको समन्वय शाखामा तानिएको थियो भने  ११ महिनादेखि मन्त्रालयमा जगेडामा बस्दै आएकी रिता जोशीलाई डा. लालको ठाउँमा पठाइएको थियो । 

तर राज्यमन्त्रीले गरेको सरुवा तत्काललाई  कार्यान्वयन नगर्न प्रधानमन्त्री देउवाले निर्देशन दिइसकेको मन्त्रालयका एक उच्च अधिकारीले बताए ।  अहिले स्वास्थ्य मन्त्रीको नेतृत्व पनि देउवाले नै सम्हाल्दै आएका छन् । 
स्वास्थ्य राज्यमन्त्री नियुक्त हुँदै विवादमा तानिएका श्रेष्ठको सरुवाको निर्णयबाट देउवा असन्तुष्ट बनेको बताइएको छ ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप