जागेश्वर गौतमसहितका कर्मचारीको सरुवामा प्रधानमन्त्रीको हस्तक्षेप
स्वास्थ्य राज्यमन्त्रीको संलग्नतामा गरिएको उच्च अधिकारीको सरुवामा प्रधानमन्त्रीले हस्तक्षेप गरेका छन् । सोमबार स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले गरेको चार जना स्वास्थ्य अधिकारीको सरुवा निर्णयबारे हस्तक्षेप गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले ‘होल्ड’ गराएका हुन् ।
मन्त्रालयले कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) का प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतमलाई प्रसूति गृहमा सरुवा गरी राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत डा. रुद्र मरासिनीलाई नियुक्त गरेको थियो ।
यस्तै सार्क क्षयरोग केन्द्रका प्रमुख डा. विवेक लाललाई मन्त्रालयको समन्वय शाखामा तानिएको थियो भने ११ महिनादेखि मन्त्रालयमा जगेडामा बस्दै आएकी रिता जोशीलाई डा. लालको ठाउँमा पठाइएको थियो ।
तर राज्यमन्त्रीले गरेको सरुवा तत्काललाई कार्यान्वयन नगर्न प्रधानमन्त्री देउवाले निर्देशन दिइसकेको मन्त्रालयका एक उच्च अधिकारीले बताए । अहिले स्वास्थ्य मन्त्रीको नेतृत्व पनि देउवाले नै सम्हाल्दै आएका छन् ।
स्वास्थ्य राज्यमन्त्री नियुक्त हुँदै विवादमा तानिएका श्रेष्ठको सरुवाको निर्णयबाट देउवा असन्तुष्ट बनेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण