सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

ओली भेट्नुअघि माधव नेपालले भेटे प्रचण्ड

मङ्गलबार, १९ साउन २०७८, १० : ५५
मङ्गलबार, १९ साउन २०७८

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । आजै एमाले अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबीच भेटवार्ता हुदैछ । ओलीसँगको भेटवार्ता अघि प्रचण्ड र नेपालबीच भेटवार्ता भएको हो ।

​कोटेश्वरमा भएको भेटवार्तामा समसामयिक राजनीतिका बारेमा दुई नेताबीच कुराकानी भएको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए । ‘डिटेल त थाहा भएन, तर पछिल्लो समसामयिक राजनीतिक अवस्थाका बारेमा छलफल भएको हुनसक्छ’, सापकोटाको भनाई छ ।

यसैबीच एमाले अध्यक्ष ओली र नेता नेपालबीच आजै भेटवार्ता गर्ने तयारी भएपनि समय र स्थानका बारेमा टुङ्गो नलागेको एमाले नेताहरुले बताएका छन् । एमाले संसदीय दलका उपनेता समेत रहेका सुवास नेम्वाङले दुई नेताबीच भेटवार्ता गर्ने पक्का भएपनि समय र स्थानबारे छलफल भइरहेको बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप